© २०२३
बुटवल, १५ असार । रोटरी क्लब अफ बुटवल चौतारीको सातौ पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । शनिबार कार्यक्रमको एक समारोहका बिच रोटरी डिष्ट्रिक ३२९२ का पुर्व डिजि सन्जय गिरिले वर्ष २०२५/२६ का अध्यक्ष डोलराज अधिकारी (राजु) लाई पद तथा गोपनियताको सपथ खुलाए ।
कार्यक्रममा रोटरी डिष्ट्रिक ३२९२ का पुर्व डिजि सन्जय गिरिले सामाजिक क्षेत्रमा रोटरीको योगदानबारे चर्चा गरे । शिक्षा, स्वस्थ्य र सरसफाईसंगै समुदायको विकासमा रोटरीबाट गरिएको भएका गतिविधिबारे प्रष्ट पारे ।
कार्यक्रममा वर्ष २०२५/२६ का अध्यक्ष डोलराज अधिकारी (राजु) ले रोट्याक्ट हुदै रोटरीमा प्रवेशबारे जानकारी दिदै सामाजिक क्षेत्रबाट आफनो ब्यक्तिगत जिवनमा पाएका उपलब्धिबारे प्रकाश पारे ।
कार्यक्रममा वर्ष २०२४/२५ का अध्यक्ष नुमेन्द्र पौडेलले वर्षभरि क्लबबाट गरिएको गतिविधि र उपलब्धीबारे बताए । सबैको साथ र सहयोगका कारण क्लबलाई उचाईमा लग्न सफल भएको उनले बताए । क्लबहरुको बिचमा सहकार्यसहितको कार्यक्रमलाई जोड दिदा धेरै काममा सफलता मिलेको उनले बताए । आफ्नो कार्यकालमा २४ वटाभन्दा बढि सामाजिक गतिविधिहरु गर्न सफल भएको उनले बताए ।
कार्यक्रममा डिआरआर विक्रम क्षेत्री, सितगंगा नगरपालिकाका नगरप्रमुख छबिलाल पौडेल, उपप्रमुख गिता भाट, क्लबका संस्थापक अध्यक्ष डा विष्णु प्रसाद घिमिरे, सल्लाहकार राजेन्द्र ढकाल, क्लबका प्रेसिडेन्ट नोमिनि कपिल पोखरेल, माधव पौडेलले रोटरी ईतिहासलाई सबैले मनन गरेर अघि बढ्न सुझाव दिए ।
कार्यक्रममा रोटरी क्लब अफ बुटवलका अध्यक्ष प्रज्वल थान्जुले क्लबमा नया सदस्य बढाउनेदेखि सामाजिक गतिविधिमा भाईब्रेट रुपमा काम गरेको बताए ।
