ट्रेंडिंग:

>> सम्मान, स्वास्थ्य जाँचसँगै अण्डा र हर्लिक्स वितरण  >> बढ्दै डिजिटल हिंसा, थपिँदै सामाजिक चुनौती >> ‘म्याद थप्ने खेल अब चाहिँ नहोस्’  >> राष्ट्रबैंकका अनुभवी प्रशासक भट्टराई कार्यकारी निर्देशकमा बढुवा >> स्वदेशी उत्पादनको प्रोत्साहन गर्दै बुटवल औद्योगिक प्रदर्शनी >> देशभर पश्चिमी वायुको आंशिक प्रभाव, कस्तो रहला आजको मौसम ? >> रुकुमका ३ जना युवा लागुऔषध सहित  लमहीबाट प्रकाउ >> रवि लामिछाने र बालेनबीच कमलपोखरीमा भेटवार्ता >> सीमा नाकामा मदिरा कारोबारले बढायो अपराध जोखिम >> कालिका मानवज्ञान माविले मनायो ६५ औ बार्षिक उत्सव >> लुम्बिनी प्रिमियर लिग पुस अन्तिम सातादेखि हुने >> दुर्गा प्रसाईंलाई ५ बुँदे पत्र पठाउँदै सरकारले पहिलो पटक भन्यो- राजसंस्था र हिन्दू अधिराज्यबारे जनमत संग्रह ‘तत्काल सम्बोधन गर्नुपर्ने’ एजेन्डा >> ओभरलोड बोक्ने टिप्पर चालकलाई सडकमै प्रशिक्षण र कारबाही >> भक्तपुरको निर्माणधीन घरमा मजदुरको हत्या >> ओलीलाई व्यंग्य गर्दै लामिछाने: गुन तिर्न अदालत धाइरहेको छु >> ओली देउवा भेट्न महाराजगञ्ज पुगे >> सडक निर्माणमा एमसीए-नेपालको ३ अर्ब ४३ करोडको ठेक्का सम्झौता >> प्रतिनिधिसभा पुनर्स्थापनाका लागि जसपा, जनमत र स्वतन्त्र सांसदले गरे हस्ताक्षर >> आँखा स्वास्थ्य पहिलो प्राथमिकता हुनुपर्ने  >> बंगलादेशमा शेख हसिनाविरोधी नेतालाई गोली हानियो >> कारोबार घटेसँगै सेयर बजार पनि घट्यो >> विद्याधर मल्लिकको प्रश्नः नो भोटमा पनि मतदान नगरे सुधार कसरी सम्भव हुन्छ ? >> देशभर मतदाता सूचीमा १० लाख १६ हजार नयाँ मतदाता थपिए >> उपकुलपतिलाई कालो मोसो दल्नेहरू मानवअधिकार र संविधान विरोधी हुन : नागरिक समाज दाङ >> सरकारले दलसँग माग्यो विदेशमा रहेका नेपालीको मताधिकारदेखि ‘नो भोट’ सम्म सुझाव >> गुल्मीमा आगलागी हुँदा एक व्यक्ति घाइते >> लमहीमा बिलबिजक बिनै ल्याइएका करिब साढे ३ लाख बराबरका सामान बरामद >> केशवराज हायुको हत्या हुँदा घटनास्थलमा रहेका अर्का युवक जंगलमा मृत भेटिए >> लुम्बिनी प्रदेशको राजधानी क्षेत्रमा सरकारी गाडी चलाउन रोक >> माइतीघर प्रदर्शनमा प्रहरी हस्तक्षेप, निकोलस भुसाललगायत नियन्त्रणमा >> साना किसान कृषि सहकारी संस्थामा सुनारी अध्यक्ष >> चालकहरूलाई सडकमा रोकेर ३ मिनेट अभियान सुरु  >> प्रदर्शनका क्रममा माइतीघरबाट रविकिरण हमालसहित ५ जना पक्राउ >> सुन र चाँदी दुवैको मूल्य हालसम्मकै उच्च >> गुल्मीमा १८१ जनाले राहदानी बनाउँदा ९ लाख बढी राजस्व सङ्कलन >> आन्तरिक पर्यटकको रोजाइमा गर्जुरा पार्क, ५ महिनामा १२ हजार बढीले अवलोकन >> भदौ २३ को घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छ : गगन थापा >> निर्वाचन तयारीबारे आयोगले आज प्रधानमन्त्री र दलहरूसँग छलफल गर्दै >> डढेलो विरुद्ध पूर्व तयारीमा जुट्ने समय >> आज माइतीघरबाट ‘शान्तिपूर्ण आन्दोलन’ थाल्दै जेनजी मिराज ढुंगानाको समूह >> गण्डक नदी बलियो कि, ‘परक्यूपाइन’ कमजोर ? >> सिद्धबाबा सुरुङमार्गको काम ६५ प्रतिशत सकियो, मन्त्री घिसिङद्वारा छिटो सक्न निर्देशन >> निर्वाचन गराउने कुरामा खुट्टा नकमाऊ >> मानव–वन्यजन्तु द्वन्द्वले त्रासमा मान्छे र वन्यजन्तु  >> तेजपत्ता–दालचिनी चुरेका गाउँको प्रमुख आम्दानी >> तराईमा हुस्सु र कुहिरोको प्रभाव रहने >> रवि छुटेको दुई दिनपछि तीन करोड धरौटी बुझाएर छुटे छविलाल >> प्रधानमन्त्रीसँग लामिछानेको आग्रहः जेनजीसँगको सम्झौता कार्यान्वयन गरौँ, निर्वाचनमा दायाँबायाँ नगरौँ >> शिक्षा सुधार बहसः भौतिक संरचना र गुणस्तरमा जोड >> फोटो प्रदर्शनीमा अवलोकनकर्ताको चासो, स्वदेशी उद्योगका उत्पादनप्रति बढ्दै ध्यान

सुनचाँदी व्यवसायीहरू आन्दोलनमा

१४ असार २०८२, शनिबार
१४ असार २०८२, शनिबार

बुटवल, १४ असार ।

पसल बन्द गरेर सुनचाँदी व्यवसायीहरू पुनः आन्दोलनमा उत्रिएका छन् । सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत सुनचाँदी क्षेत्रमा लगाएको कर वृद्धि विरुद्ध सुनचाँदी व्यवसायीले देशव्यापी चरणबद्ध आन्दोलन सुरु गरेको हो ।आन्दोलनको पहिलो चरण अन्तर्गत शुक्रबार देशका प्रमुख शहरहरूमा विरोध कार्यक्रमहरू सम्पन्न भएका छन् । रूपन्देहीमा पनि सुनचाँदी व्यवसायी, कालीगढ, साना लगानीकर्ता र व्यवसायिक संघ–संस्थाहरूको सक्रिय सहभागितामा बृहत् विरोध ¥याली तथा खबरदारी सभा सम्पन्न भएको छ ।

जिल्ला प्रशासन कार्यालय भैरहवामा आयोजित विरोध कार्यक्रममा सयौंको संख्यामा व्यवसायीहरू विरोध नारासहित सडकमा उत्रिएका थिए’ अव्यवहारिक कर नीति खारेज गर’, ’हामी व्यवसायी, तस्कर होइनौं’, ’हाम्रो पसिनामाथि कर होइन, सम्मान चाहिन्छ’ जस्ता नारा बोकेका प्लेकार्डसहित उनीहरूले मुख्य बजार क्षेत्रमा ¥याली निकालेका थिए ।
¥यालीपछि आयोजित बिरोध सभामा रूपन्देही सुनचाँदी व्यवसायी संघका अध्यक्ष गोपाल रामदामले व्यवसायीमाथि आर्थिक भार थोपरेको र करको नाममा अत्याचार गरिरहेको आरोप लगाए । “हामी तस्कर होइनौं, वैध व्यवसाय गर्ने नागरिक हौं । सरकारले हामीमाथि शंकाको दृष्टिले हेर्न बन्द गर्नुपर्छ,” उनले भने ।

कार्यक्रममा सम्बोधन गर्दै केन्द्रीय सदस्य चेत नारायण बिकले माग पूरा नभए आन्दोलन थप सशक्त हुने बताए उनले भने “विगतमा १० लाखभन्दा माथिका सुनका गहनामा मात्रै विलासिता शुल्क लाग्ने थियो । तर, अहिलेको बजेट मार्फत अब जुनसुकै मूल्यका सुन वा सुनका गहनामा विलासिता शुल्क लाग्न थालेको छ ।”

जुनसुकै मूल्यका सुनका गहना खरिदमा पनि २ प्रतिशतको विलासिता शुल्क तिर्नुपर्ने अवस्थाका कारण सुन वा सुनका गहनामा कम्तीमा ६ प्रतिशतको विलासिता शुल्क तिर्नुपर्ने अवस्था आएकोले आन्दोलनमा उत्रिन बाध्य भएको बताए ।
कार्यक्रममा संघका सल्लाहकार विक्रम सुनार, सुरेश रत्न बज्राचार्य, सुनचाँदी व्यवसायी संघ लुम्बिनी प्रदेश उपाध्यक्ष हरि बिक, संघ उपाध्यक्ष मनोज सेन्चुरी, बुटवल सुनचाँदी व्यवसायी संघ अध्यक्ष गकुल बिक, तिलोत्तमा अध्यक्ष कृष्ण रसाइली, सिद्धार्थनगर अध्यक्ष राजन रसाइली, सैनामैना अध्यक्ष निर्मल विश्वकर्मा, सुद्धोधन अध्यक्ष मनिराम सुनार, तिलोत्तमा आभुसन व्यवसायी संघ अध्यक्ष जित गहतराज, देबदह नगर उपाध्यक्ष सुमन बराल लगायतले बोल्दै बजेटमार्फत सुनमा लगाइएको २ प्रतिशत विलासिता कर र हिरामा १३ प्रतिशत मूल्य अभिवृद्धि कर तत्काल खारेज गर्न माग गरे।सुनचाँदी व्यवसायीहरूले यसअघि पनि कर नीतिको विरोधमा आन्दोलन थालेका थिए ।

तर प्रधानमन्त्री केपी शर्मा ओलीले माग सम्बोधन गर्ने आश्वासन दिएपछि केही समयका लागि आन्दोलन रोकिएको थियो । तर बजेट पारित हुँदा मागको सम्बोधन नभएको भन्दै व्यवसायीहरू पुनः आन्दोलित बनेका हुन् । रूपन्देहीको आन्दोलनमा जिल्लाका सबै नगरपालिका तथा गाउँपालिकाबाट व्यवसायीहरूको सहभागिता रहेको थियो । उनीहरूले आन्दोलनले कुनै दल या संगठनको होइन, व्यवसायीको साझा आवाज बोकेको प्रष्ट पारे ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?