© २०२३
बुटवल, १० मंसिर ।
रुपन्देहीमा सत्तारुढ पाँचदलीय गठबन्धन प्रतिनिधि सभातर्फ क्लिव स्वीप भएको छ । प्रतिनिधिसभाका पाँच निर्वाचन क्षेत्र मध्ये क्षेत्र नम्बर १, २ र ५ मा एमाले विजयी भएको छ भने क्षेत्र नं. ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टी र क्षेत्र नम्बर ४ मा लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार निर्वाचित भएका छन् ।
१५ पदका लागि २ सय ३ जनाको उम्मेदवारी परेको रुपन्देहीको सबै क्षेत्रमा प्रत्यक्ष तर्फको मतगणना सकिएको छ । सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बनेका रुपन्देहीमा प्रतिनिधि सभामा कोही पनि निर्वाचित हुन सकेनन् । क्षेत्र नम्बर १ मा एमालेका छविलाल विश्वकर्मा, क्षेत्र नम्बर २ मा एमालेका विष्णु पौडेल, क्षेत्र नम्बर ३ मा राप्रपाका दिपक बोहरा, क्षेत्र नम्बर ४ मा लोकतान्त्रिक समाजवादीका सर्वेन्द्रनाथ शुक्ला र क्षेत्र नम्बर ५ बाट एमालेकै बासुदेव घिमिरे निर्वाचित भए ।
१० वटा प्रदेशसभाका क्षेत्रमध्ये बहुमत क्षेत्र जितेर एमाले सबैभन्दा ठूलो दल बनेको छ । एमालेले रुपन्देही क्षेत्र नं. १ (१), क्षेत्र नं. २ (१), २ (२), क्षेत्र नं. ३ (२) र क्षेत्र नं. ५ (१) मा गरी पाँच क्षेत्रमा जित हासिल गरेको छ ।
त्यस्तै नेपाली काँग्रेसले क्षेत्र नं. १ (२), क्षेत्र नं. ३ (१) र ४ (२) गरी तीन क्षेत्रमा विजय हासिल गरेको छ ।
त्यस्तै लोसपाले क्षेत्र नं. ४ (१) र जनमत पार्टीले क्षेत्र नं. ५ (२) मा जित हात पारेका छन् ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी