© २०२३
बुटवल, १० मंसिर ।
रूपन्देही क्षेत्र नम्बर ३ मा गृहमन्त्री बालकृष्ण खाणले पराजय व्यहोरेका छन् । दिउँसो २ः४५ बजे सकिएको मतगणनामा राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपक बोहोरासँग गृहमन्त्री खाण पराजित भएका हुन् ।पछिल्लो मत परिणाम अनुसार बोहोराले ३६ हजार ६४८ मत प्राप्त गरेका छन् भने खाणले ३४ हजार ६ मत पाएका छन् । २६ सय ४२ मतको अन्तरले गृहमन्त्री खाण पराजित भएका हुन् ।
गृहमन्त्री खाण पाँचदलीय गठबन्धनबाट नेपाली काँग्रेसका तर्फबाट उम्मेदवार थिए भने बोहोरा एमाले, राप्रपा र जसपाबीचको तालमेलका साझा उम्मेदवार थिए । रुपन्देही क्षेत्र नम्बर ३ (२) मा नेकपा एमालेका तुलसीप्रसाद चौधरी विजयी भएका छन् भने ३ (१) मा लोसपाका सन्तोष पाण्डेले चुनाव जितेका छन् ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी