ट्रेंडिंग:

>> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य

कपिलवस्तु–२ मा काँग्रेसका आचार्य र प्रदेशमा पाण्डेय विजयी

१० मंसिर २०७९, शनिबार
१० मंसिर २०७९, शनिबार

कपिलवस्तु, १० मंसिर ।

कपिलवस्तु जिल्लाको प्रतिनिधिसभा २ को निर्वाचन नेपाली काँग्रेसका लुम्बिनी प्रदेशका महामन्त्री सुरेन्द्रराज आचार्यले जितेका छन । एमाले नेता बृजेश कुमार गुप्तालाई ३ सय १७ मतान्तरले पछाडि पार्दै आचार्यले चुनाव जितेका हुन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय तौलिहवाले प्रकाशित गरेको अन्तिम मत परिणाम अनुसार आचार्यले ३९ हजार १४ मत प्राप्त गर्दै चुनाव जितेका हुन् भने गुप्ताले ३८ हजार ६ सय ९७ मत प्राप्त गरी पराजय व्यहोरे । त्यसैगरी राप्रपाकी सविता शर्माले १ हजार ५ सय ७४ मत प्राप्त गरी तेस्रो हुँदा लोसपाका उमेदवार अकवाल अहमद शाहले १ हजार १ सय ३ मत प्राप्त गरी चौथो बने ।

यो निर्वाचनमा पराजय भोगेका गुप्ताले २०५६ साल यता निरन्तर चुनाव जित्दै आएका थिए । २०७४ सालको निर्वाचनमा गुप्ताले नै आचार्यलाई पराजित गरेको भए पनि यस निर्वाचनमा गुप्ताको पाँचौं पटक निर्वाचित हुने जितको यात्रा रोकिएको छ । उता चौथो स्थानमा आएका नेता शाह लोसपाका प्रभावशाली नेता तथा पुर्व कृषिमन्त्री हुन् । निर्वाचित आचार्य पुर्व सिचाई राज्यमन्त्री हुन् भने पराजित गुप्ता पुर्व कानुनमन्त्री हुन् ।

जिल्लाको प्रदेशसभा २ (ख) मा काँग्रेसका उम्मेदवार सुधाकर पाण्डेय बिजयी भएका छन् । लुम्बिनी प्रदेशका पुर्व शिक्षामन्त्री धर्मबहादुर लाल श्रीवास्तवलाई ८ सय ९१ मतान्तरले हराउँदै पाण्डेय प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् । पाण्डेयले १४ हजार १ सय ८५ मत प्राप्त गरेर चुनाव जित्दा श्रीवास्तवले १३ हजार २ सय ९४ मत प्राप्त गरे ।

त्यसैगरी जसपाका अब्दुल रसिद खाँले ६ हजार ५ सय ५२ मत प्राप्त गरी तेस्रो हुँदा राप्रपाका दुर्गा चौहान १ हजार २ सय ३० मत सहित चौथो भए । प्रदेशसभामा निर्वाचित पाण्डेयले चौथो पटकको निर्वाचनमा जित सुनिश्चित गरेका हुन । यसअघि २०६४ र २०७० सालको पहिलो र दोस्रो संबिधानसभाको निर्वाचनमा बृजेशकुमार गुप्तासँग पराजित भएका पाण्डेयले २०७४ सालको निर्वाचनमा श्रीवास्तव सँग झिनो मतान्तरले पराजय खेप्नु परेको थियो । प्रदेशसभामा निर्वाचित पाण्डेयले यस क्षेत्रका मतदाताको परिवर्तन र बिकासका लागि आफुहरुलाई निर्वाचित गरेको बताउँदै जनचाहना र आफुहरुले घोषणापत्रमा उल्लेख गरेका प्रतिबद्धता पुरा गर्न लागि पर्ने बताए । यस क्षेत्रको समग्र विकासमा ध्यान पु¥याउन र नागरिकका समस्या समाधानमा सधै तत्पर रहने प्रतिनिधिसभामा निर्वाचित आचार्यले प्रतिबद्धता जनाए ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?