© २०२३
काठमाडौं ।
सत्तारूढ दल नेकपा (एमाले) ले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटको पक्षमा मतदान गर्न आफ्ना सांसदहरूलाई ह्वीप जारी गरेको छ। प्रतिनिधिसभामा मंगलबार बजेट पारित गर्ने कार्यसूची तय भइसकेको छ। त्यसअघि एमालेले पार्टी अनुशासन पालना गर्दै बजेटको पक्षमा मतदान गर्न निर्देशन दिएको हो।
सरकारको नेतृत्व गरिरहेको एमालेले बजेट पारित गर्न आफ्नो स्पष्ट बहुमत सुनिश्चित गर्न सांसदहरूलाई उपस्थित भई समर्थन गर्न आग्रह गरेको छ।यसअघि संसद्मा बजेटमाथि व्यापक छलफल भएको थियो भने विभिन्न दलका सांसदहरूले संशोधन प्रस्तावहरूसमेत दर्ता गराएका थिए। अब मतदानपछि बजेट पारित हुने अन्तिम प्रक्रिया अघि बढ्नेछ।