© २०२३
नवलपरासी, ९ मंसिर ।
जिल्लाको पुरातात्विक, ऐतिहासिक तथा अध्यात्मिक क्षेत्र रामग्राम स्तुपा क्षेत्रमा संरक्षण र विकासका लागि संयुतm राष्ट्र संघिय शिक्षा, विज्ञान तथा संस्कृतिक संगठन (युनेस्को) का प्रतिनिधिले चासो देखाएका छन् । रामग्राम नगरपालिकाले रामग्राम स्तुप क्षेत्रको विकासका लागि रामग्राम विकास कोष खडा गरी काम गर्ने निर्णय गरे पश्चात युनेस्कोले संरक्षण र विकासमा चाँसो देखाएको हो ।
रामग्राम स्तुपा क्षेत्रको शुक्रबार अध्ययनका लागि पुगेकी युनेस्को प्रतिनिधि डा.तयको गौरीले रामग्राम विकासका लागि नगरपालिकाले बनाएको कोष समिति प्रति उत्साह ब्यतm गरेकी थिईन् । जापानबाट युनेस्कोमा प्रतिनिधित्व गर्दै आएकी डा.गौरीले रामग्रामको संरक्षण र विकास कसरी गर्ने ? नगरपालिकाले के कस्तो योजना बनाएको छ ? त्यसबारे जिज्ञासा राखेकी थिईन् । त्यसैगरी रामग्राम स्तुपा क्षेत्रमा भुउपयोग नीति, उद्योग प्रदुषणबारे पनि जिज्ञासा राखेकी थिईन् । जिज्ञासामा रामग्राम नगरपालिकाका नगरप्रमुख धनपत यादवले रामग्राम स्तुप क्षेत्रको विकासमा लुम्बिनी विकास कोषबाट काम गर्न केही अवरोध हुने गरेको हुँदा अब नगरपालिकाले आफ्नै कोषको स्थापना गर्ने र विभिन्न दातृ निकायको सहयोगमा संरक्षण र विकासका लागि काम थाल्ने जानकारी गराएका थिए ।
उनले नगरसभाले रामग्राम विकास समिति र कोष बनाउने निर्णय गरिसकेको जनाउदै आउँदो माघको हिउँदे नगरसभाबाट कार्यविधि कानुन बनाई काम अगाडि बनाउने बताएका थिए । “त्यसका लागि आन्तरिक रुपमा काम भई रहेको छ”–उनले भने, “विभिन्न देशबाट लगानीकर्ताले पनि लगानी गर्ने चासो समेत ब्यतm गर्दै आएका छन् ।” अहिले युनेस्को प्रतिनिधिले पनि चासो लिएकोमा खुशी ब्यतm गरेका थिए । लुम्बिनी विकास कोषको भरमा मात्रै अब नगरपालिका बस्दैन । पुरातत्व विभाग र लुम्बिनीकै पुरातत्व कार्यालयको प्राविधिक सहयोग लिएर रामग्राममा आवश्यक कार्य अगाडि बढाउने छ । अधिग्रहण भई सकेको जग्गाको संरक्षण र ब्यवस्थापनका लागि नेपाल सरकार मार्फत पहल भई रहेको छ । अहिले नगरपालिकाले नै भुउपयोग नीति बनाउने क्रममा रहेको हँुदा यस क्षेत्रमा उद्योग स्थापना नगर्ने गरी नीति बनाउँछ । स्तुपालाई केन्द्र विन्दु मानेर ५ सय रेडियसमा जग्गा अधिग्रहण हुने भएपछि ती जग्गामा घर बनाउन खोज्नेको नक्सा पास रोकिएको छ । नगरपालिकाको आवधिक योजनामा समेत रामग्राम स्तुपा विकासलाई राखिएको छ । पुरातत्व विभागले निर्दिष्ट गरेको मापदण्डकै आधारमा यस क्षेत्रमा खनन,पुर्वाधार निर्माणलाई नियन्त्रण गर्ने कार्य भइरहेको छ ।
रामग्राममा तत्काल ध्यान केन्द्र बनाउनका लागि बजेट समेत बिनियोजन गरिसकेको छ । जग्गाको समेत ब्यवस्थापन भइरहेको छ । समिति बने पछि प्रवद्र्धन गर्नका लागि स्थानियबासी तथा विज्ञहरुको परामर्शमा प्राचिन कोलिय गणराज्यको राजधनी पण्डितपुरलाई समेटेर अल्पकालिन, दीर्घकालिन योजना बनाई काम गर्नेछ । डा.गौरीसँगै आउनु भएका बौद्ध परिपथ(ग्रेटर लुम्बिनी) को अवधारणामा काम गर्दै आएका डा.महेन्द्र सुब्बाले पुरातात्विक क्षेत्रको संरक्षण गर्दै उत्खनन गराई यसलाई विश्वसम्पदामा सूचीकृत गराउन नगरपालिकाले पनि अग्रसरता लिनु पर्ने बताएका थिए । नेपालकै ठूलो मात्रामा पर्यटक भित्र्याउन सक्ने सम्भावना बोकेको रामग्राम स्तुप क्षेत्रको विकास र संरक्षण तथा यस क्षेत्रमा पूर्वाधार अभाव देखिएको औल्याएका थिए । डा.सुब्बाले तिलौराकोट, रामग्रामलाई सिधै बोधगयासँग जोड्ने मार्ग समेत पहिल्याएर नेपाल सरकारलाई प्रतिवेदन बुझाई सकेका छन् ।
रामग्राम स्तुपा र प्राचिन कोलिय गणराज्यको राजधानी बुद्ध मावली पण्डितपुरसँग जोड्ने विश्व बैंकको पर्यटन मार्गका लागि ६२ करोडको सडक योजना पार्नमा पहल समेत गरेको रामग्राम नगरपालिकाका इन्जिनियर सतिश गुप्ताले जानकारी गराएका थिए । इन्जिनियर गुप्ताका अनुसार डा.सुब्बा रामग्राम स्तुपाबाट धेरै प्रभावित हुने भएको हँुदा आफ्नो स्तरबाट लगानीकर्तालाई यो क्षेत्रमा ल्याउने भूमिका समेत खेल्दै आएका छन् । जुन अहिले युनेस्कोको प्रतिनिधिलाई समेत लिएर रामग्राम स्तुपा क्षेत्रमा आएका हुन् । रामग्राम विकास समिति बनाई रामग्राम विकास कोष बन्ने भएको कुराले धेरै देशी विदेशी यस तर्फ आकर्षित भएका छन् । नगरपालिकासँगै भगिनी सम्बन्ध जोडेको काठमाडौ महानगरले यस क्षेत्रको विकासका लागि डेढ करोड अनुदान समेत पठाईसकेको छ । चिन, कोरियाबाट पनि लगानी गर्ने इच्छुक सस्था र ब्यक्ति सम्पर्कमा रहेको जनाउँदै उनले रामग्राम विकास कोष कार्यान्वयनमा आएपछि यस क्षेत्रको विकासका लागि रकम अभाव हुने छैन ।
रामग्राममा अहिले पनि दैनिक १ हजारदेखि डेढ हजार पर्यटक आउने गरेका छन् । तर सन १८९८ मा पत्ता लागेको रामग्राम स्तुपा क्षेत्रमा सरकारी वेवास्ताले काम हुन सकेको छै्रन । सन १८९६ मा पत्ता लागेको लुम्बिनीको विकासका लागि सरकारले लुम्बिनी बिकास कोष स्थापना भएपछि मात्र विकास हुन थालेको र अहिले विकासको क्रममा छ । तर २ बर्षको अन्तरालमा पत्ता लागेको रामग्राम स्तुपको विकासका लागि छुट्टै स्वायत्त कुनै सस्था नभएको हँुदा ओझेलमा पर्दै आएको छ । ढिलो भए पनि रामग्राम नगरपालिकाले विकास समिति र कोष स्थापना गर्ने निर्णय गरेको छ । यो कोषले अब स्वामित्व लिएर विज्ञ निकायको परामर्शमा काम गर्दै गए केही वर्षमा रामग्राम स्तुपा संसारकै लागि आध्यात्मिक केन्द्र बन्ने छ ।
भगवान बुद्धको महापरिनिर्वाण पश्चात उनको अस्ति धातुलाई विभिन्न आठ भाग लगाई विभिन्न राजाले आ–आफ्नो राज्यमा लगेर धातु स्तुप बनाएका थिए । सोही आठ राज्य मध्ये कोलिय राजाहरुले पाएको आफ्नो भागको अस्तिलाई रामग्राम स्तुपको रुपमा धातु स्तुप स्थापना गरेका थिए । तत्कालिन अशोक सम्राटले आठ धातु मध्ये सात वटा धातु उत्खनन गराई ८४ हजार स्थानमा स्तुप बनाउन लगाए र पछि रामग्राम स्तुपको उत्खनन गर्न आउँदा त्यसको संरक्षण गर्दै आएका नागबंशीले उत्खनन नगर्न आग्रह गरे र उनीहरुको आग्रहलाई मानेर सम्राट अशोकले रामग्राम स्तुप त्यसै छोडी फर्केका थिए । त्यो भएर पनि प्राकृतिक रुपमा अष्टधातु सुरक्षित रहेको संसारको एक मात्र स्तुप हो । जुन नेपालमा मात्र रहेको छ । बौद्ध साहित्यमा धातुको पुजालाई पनि पारलौकिक सुख र पुण्य प्राप्तीको आधार मान्ने गरिएको छ । संसारका बौद्धमार्गीहरु एक पटक स्तुपको दर्शन, पुजन र स्तुपाको सानिध्यमा बसेर ध्यान अभ्यास गरी आध्यात्मिक लाभ लिनका लागि आउने गरेका छन् ।