ट्रेंडिंग:

>> बिसिए च्यालेन्जर्सको कप्तानी गर्दै नौ बर्षीय कृकेटर अनमोल बाबु >> वैशाख १२ गते संघीय संसदको बजेट अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस >> स्थानीय वायुको प्रभाव कायमै, आज यी प्रदेशमा हुनेछ चट्याङ्गसहित वर्षा >> शिक्षकका माग सम्बोधन गर्न मन्त्रिपरिषद्को ४ बुँदे निर्णय, आन्दोलन अन्त्य गरी विद्यालय फर्कन आह्वान >> घट्यो पेट्रोल-डिजेलको भाउ >> आठ वर्ष मुनिका तीन बालिकामाथि बलात्कार, ५८ वर्षीय पुरुषले प्रहरी समक्ष आरोप स्वीकारे >> दाउन्नेको अवस्था अवलोकन गर्न पनि सडक मार्गबाटै आएँ : प्रचण्ड  >> राजस्व अनुसन्धान कार्यालय बुटवलद्वारा हार्डवेयर व्यवसायीमाथि एक करोडको मागदावी सहित मुद्दा >> गुल्मीमा सुतिरहेको अवस्थामा मजदूरको मृत्यु >> तुलसीपुरले गर्यो ज्येष्ठ नागरिक सम्मान >> सहकारीका समस्याबारे राष्ट्रपतिको चासो >> त्रिविको उपकुलपतिको जिम्मेवारी डा. केसीलाई >> बर्षको पहिलो दिन सेयर बजारले गर्यो स्वागत >> नयाँ वर्षको अवसरमा लुम्बिनीमा दाइजोमुक्त सामूहिक बिवाह >> जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ >> दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता फेरि अन्यौलमा >> कांग्रेसले बोलायो केन्द्रिय समितिको बैठक >> पाँच रूपैयाँका १० लाख नाेट बजारमा >> यु–१४ टि ट्वान्टी क्रिकेटमा वेष्ट्रन विजयी >> आन्दोलनरत शिक्षकहरुकोे नयाँ बानेश्वरमा धर्ना >> बर्दघाटमा पाँच दिने योग शिविर, स्वस्थ रहन घरघरमा योग पुर्याउनु पर्नेमा जोड >> शिक्षकको माग सम्वोधन गराउन गगन थापा र विश्वप्रकाशले लिए पहलकदमी >> बिचौलियाको पहुँच प्रधानमन्त्रीको बेडरूमसम्म छः गगन थापा >> नयाँ वर्षकाे पहिलाे काराेबार दिन : सुनकाे भाउ एक हजार सात सय रुपैयाँले घट्यो >> आन्दोलनरत शिक्षकले प्रधानमन्त्रीबाहेक अरूसँग वार्ता नगर्ने >> त्रिविको ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेट अव अनलाइनबाट लिन सकिने >> निरजलाई सूर्य नेपाल एनपिजिए म्याच-प्लेको उपाधि >> मेरो फाइक्रोफाइनान्समा रोजगारीको अवसर यस्तो छ योग्यता र अनुभव (नोटिस सहित) >> शिक्षकको तर्फबाट राज्य सञ्चालकलाई लेखिएको पत्र >> भन्सार छलीको समानसहित टेम्पो चालक पक्राउ >> झुक्किएर पनि बिहानको नास्तामा यी चार चीज नखानुहोस् >> खोलामा डुबेर बालकको मृत्यु >> गुल्मीमा जिप दुर्घटना, तीन जना घाईते >> नयाँ वर्षसंगै कान्तिपुर पोलिक्लिनिकको सेवा शुभारम्भ >> अस्थायी, करार कर्मचारी पनि अब सामाजिक सुरक्षा योजनामा >> देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, यी प्रदेशमा हुनेछ चट्याङ्गसहित वर्षा >> सिम्रिकलाई आठौ भुपुसैनिक कपको उपाधि >> पाल्पामा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु >> सलमान खानलाई फेरी ज्यान मार्ने धम्की, दुई शंकास्पद युवाको गरियो खानतलासी >> ‘ज्ञानेन्द्र शाहले तीनकुने घटनामा दुःख ब्यक्त गरे पनि जिम्मेवारी लिएनन’ >> सरकार फेरिने हल्ला प्रचण्डको कुण्ठामात्र : एमाले >> ओमानविरुद्ध नेपालको सहज जित, १५ ओभरभित्रै भेट्यो लक्ष्य >> एसिया छनोट : नेपालले पायो ११८ रनको लक्ष्य >> वैशाख ११ गते एमालेको शक्ति प्रदर्शन, १ लाख युवा काठमाडौँमा उतार्ने >> समग्र रोजगार श्रृंखलमा काम गर्ने श्रम मन्त्रिको प्रतिवद्धता >> २०८२ सालमा ८८ दिन सार्वजनिक बिदा >> आनन्दलोकमा जटिल शल्यक्रिया >> १९ वर्षमुनिको विश्वकप एशिया छनोटमा आज नेपाल ओमानसँग खेल्दै >> समृद्ध राष्ट्र निर्माण गर्न सकारात्मक सोच आवश्यक छ : प्रधानमन्त्री >> परिवर्तनको सुरुवात बर्ष बनोस्– नयाँ वर्ष

चन्द्रले जित्दा सुदर्शनको हार

१० मंसिर २०७९, शनिबार
१० मंसिर २०७९, शनिबार

गुल्मी, ९ मंसिर
नेपाली काँग्रेका उम्मेदवार डा. चन्द्र भण्डारी दोश्रो पटक प्रतिनिधि सभा सदस्यमा निर्वाचित बनेका छन । २०६४ सालदेखि एमाले नेता प्रदिप कुमार ज्ञवालीसँग चुनावी प्रतिस्पर्धा गर्दै आएका भण्डारी २०७० र २०७९ गरी दुई पटक निर्वाचित भएका हुन् । मुख्य निर्वाचन अधिकृत वसन्तराज पौडेलले भण्डारीलार्ई विजयी भएको घोषणा गर्दै निर्वाचित भएको प्रमाणपत्र प्रदान गरेका थिए ।

प्रतिनिधि सभामा गुल्मी क्षेत्र नं. १ वाट विजयी भएका भण्डारीले ३३ हजार ७ सय ४४ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत वसन्तराज पौडेलले जानकारी दिए । भण्डारीसँगै एमालेवाट प्रतिस्पर्धा गरेका प्रदीप कुमार ज्ञवालीले ३२ हजार १ सय ५२ मत प्राप्त गरेका थिए । भण्डारीले १ हजार ५ सय ९२ मतान्तरले ज्ञवालीलाई पछि पार्दै जित निकालेका हुन् ।

ज्ञवाली मतगणना स्थलमै पुगेर भण्डारीलाई खादा ओढाएर बधाई दिएका थिए । भण्डारीलाई बधाईको अवसरमा हार्दिकता साट्दै ‘फुटबल चलिरहेको छ, दुई÷दुई गोल भयो ।’ भन्दै मिठो ठट्यौली पारामा कुरा गरेका थिए । ज्ञवाली र भण्डारीको यो चौंथो प्रतिस्पर्धा हो । ज्ञवाली भण्डारीसँगको प्रतिस्पर्धामा ०६४ र ०७४ मा विजयी बनेका थिए ।

०६४ देखि ज्ञवालीसँग प्रतिस्पर्धामा गरेका भण्डारीले ०७० र ०७९ मा दुई पटक जित निकाल्न सफल बनेका हुन । १ लाख १९ हजार २ सय ८८ जना मतदाता रहेको यस क्षेत्रमा ७० हजार ६ सय १७ जना मतदान प्रक्रियामा सहभागी बनेका थिए ।

पराजय भोगे पनि जनताकोे सेवामा सधै समर्पित रहने छु ः ज्ञवाली
प्रतिनिधिसभा निर्वाचनमा पराजित भएपछि एमालेका उमेदवार प्रदीप कुमार ज्ञवालीले प्रतिकूल परिणामको जिम्मेवारी सबै आफ्नै काँधमा लिने बताएका छन । उनले जनताको विश्वासलाई मत परिणाममा बदल्न नसकेकोमा क्षमा माग्दै आफु संसद भवन भित्र पुग्न नसके पनि मुलुक र आन्दोलनको उज्ज्वल भविष्यप्रति कुनै सन्देह नरहेको बताए ।

प्रतिनिधि सभा सदस्यको निर्वाचनमा झिनो मतान्तरले नेपाली काँग्रेसका उमेदवार चन्द्र भण्डारीसँग पराजित भएपनि नेता ज्ञवालीले सामाजिक सञ्जाल मार्फत उक्त कुरा व्यक्त गरेका हुन । नेता ज्ञवालीले कहाँ कमीहरु रहन गए भन्ने कुरा समय क्रममा समिक्षा हुने बताउँदै गुल्मी क्षेत्र नं १ बाट व्यक्त गरेकोे माया, सद्भाव र अमूल्य मतका लागि मतदाताहरुप्रति हृदयदेखि नै आभार व्यक्त गरेका छन् ।

‘निर्वाचन अभियानका क्रममा प्राप्त वृद्ध बुवाआमाहरुको आशीर्वाद, युवाहरुको उर्जा र कलिला नानीहरुका आँखामा प्रतिविम्बित निश्छल माया अनि बैशाखी टेकेर र अरूको सहारा लिएर भए पनि मतदान केन्द्रमा आई भोट हाल्नु हुने अपाङ्गता भएका व्यक्तिहरूको अवर्णनीय विश्वास मेरा निम्ति हमेसा प्रेरणाका स्रोत बनिरहने छन,’ ज्ञवालीले भने ।

आफ्नो सिङ्गो जीवन राष्ट्र र जनताको हित, जिल्लाको समग्र विकास र जिल्लावासीहरुको सेवामा समर्पित रहेको भन्दै ज्ञवालीले ओराली र उकाली यात्रालाई अभिन्न अङ्ग भएको बताउँदै सफलता र विफलतालाई जिन्दगीका अविभाज्य हिस्सा भएको बताएका छन । ‘वैधानिक रुपमा जनप्रतिनिधिको भूमिकामा नरहे पनि तपाईंको मनको प्रतिनिधिका रुपमा दुःख सुखका हरेक पलमा तपाईंहरुले मलाई आफ्नो साथमा पाउनु हुनेछ’ उनले भनेका छन । ज्ञवालीले प्रतिनिधिसभा सदस्यका रुपमा निर्वाचित भएका गठबन्धनका उम्मेदवार डा.चन्द्र भण्डारीलाई वधाई तथा सफल कार्यकालका लागि शुभकामना समेत दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

admission