ट्रेंडिंग:

>> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी >> एनपीएलमा लिग चरणको अन्तिम खेल आज : जनकपुर र कर्णाली भिड्दै >> गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु >> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता

कपिलवस्तु–१ मा एमालेका सबै उम्मेदवार बिजयी

९ मंसिर २०७९, शुक्रबार
९ मंसिर २०७९, शुक्रबार

जितपुर, ९ मंसिर ।

कपिलवस्तुका क्षेत्र न.१ प्रतिनिधि सभा सदस्यको निर्वाचन क्षेत्रमा यसपटक नेकपा एमालेका उम्मेदवारले क्लिन स्विप गरेका छन् । क्षेत्र नम्बर १ मा बलराम अधिकारी झण्डै दोब्बर मत अर्थात ३४ हजार ६ सय ७५ मत प्राप्त गरेका थिए भने गठबन्धनका साझा उम्मेदवार रहेका माओवादी केन्द्रका सचिव चक्रपाणी खनाल बलदेवले १८ हजार ९ सय ८३ मत ल्याएका थिए । अधिकारीले खनाललाई १५ हजार ६ सय ९२ मतको फराकिलो हराएका हुन् ।

कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर १ को (क) मा नेकपा एमालेका उम्मेदवार विष्णु पन्थी विजयी भएका छन् । मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा चुनावको विहीवार सम्पन्न प्रदेश सभा (क ) को मतगणनामा उम्मेदवार पन्थीले २० हजार २ सय ४७ मत प्राप्त गरी विजयी भएका छन् । यस्तै पन्थीका प्रतिस्पर्धी गठबन्धनका उम्मेदवार डोलकराम घिमिरेले १५ हजार ७ सय ९७ मत प्राप्त गरेका थिए । घिमिरेलाई ४ हजार ४ सय ५० मतले पछाडि पार्दै पन्थी प्रदेश सभामा दोस्रो कार्यकालका लागि विजयी भएका हुन् । आफू निर्वाचित भएपछि पन्थीले सामाजिक सञ्जाल मार्फत सबैलाई धन्यवाद दिएका थिए भने उनले आफ्ना निकट्तम प्रतिद्वन्दी तथा उप विजेता उम्मेदवार डोलकराम घिमिरेको साथ पनि आफूलाई आवश्यक पर्ने बताएका थिए ।

यस्तै कपिलवस्तु क्षेत्र न. १ (ख) एमालेका उम्मेदवार मधुसुधन चौधरीले ११ हजार ७ सय ४८ मत प्रप्त गरेका छन् भने गठबन्धनका उम्मेदवार सहशराम यादवले ९ हजार ६६ मत प्राप्त गरेका थिए । जसमा २ हजार ६ सय ८२ को मतान्तरले एमालेका नेता मधुसुधन चौधरी विजयी भएका हुन् ।

कपिलवस्तु क्षेत्र न. १ मा सत्तारुढ दलहरु नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र नेकपा एकीकृत समाजवादीले प्रतिनिधि सभा सदस्यका लागि गठबन्धन गरेका थिए । यी दलहरुको मतभार जोड्दा नेकपा एमालेको भन्दा बढी थियो । तर गठबन्धनको साझा उम्मेदवार रहेका माओवादी केन्द्रका सचिव चक्रपाणी खनाल बलदेवले सबै दलहरुको मतभारलाई जोड्दा आउने मत पनि ल्याउन सकेनन् । गत बैशाखमा सम्म स्थानीय तहको निर्वाचनको परिणामलाई हेर्दा यहाँ नेपाली कांग्रेसले पाएको मत झण्डै २८ हजर बढी थियो भने माओवादी केन्द्रको मात्रै ८ हजार बढी थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?