© २०२३
दाङ, ९ मङ्सिर ।
दाङ क्षेत्र नं. २ वाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार नेकपा एमालेका महासचिव शंकर पोखरेलले हारलाई अवसरका रुपमा लिएको बताएका छन् । उनी गठबन्धनकी उम्मेदवार माओवादीकी रेखा शर्मासंगको प्रतिष्पर्धामा १ सय ९६ मतान्तरले पराजित भएका थिए ।
शुक्रवार घोराहीमा पत्रकार भेटघाट कार्यक्रमलाई संवोधन गर्दे हारजित स्वाभाविक प्रक्रिया भएको भन्दै अव पार्टी निर्माणमा ध्यान केन्द्रित गर्ने पोखरेलले बताए । ‘राष्ट्रिय राजनीतिमा प्रतिनिधित्व गर्ने र त्यसैका माध्यमवाट समग्र दाङको विकास गर्ने सपना तुहिएको छ, तर अवको पाँच वर्षमा पार्टी निर्माणमा लाग्नेछु’उनले भने । विजयी भएका साथीहरुसंग सहकार्य गर्र्देै दाङको विकास निर्माणमा सघाउने पोखरेलले बताए । ‘म पछाडी फर्कन चाहान्न, अवको दिनमा बलियो राजनीतिक शक्ति निर्माणको माध्यमवाट मुलुकलाई स्थायित्वको दिशामा लैजान ध्यान केन्द्रित गर्नेछु ।”
महासचिव पोखरेलले नीति र एजेण्डामा आधारित सरकार बनोस् र देशलाई अहिलेको समस्यावाट निकाल्न सकियोस् भन्दै शुभकामना व्यक्त गरे । उनले अहिले जिल्लाबाट निर्वाचित भएका प्रतिनिधि तथा प्रदेशसभा सदस्यहरुलाई दाङको फोरलेन सडक, विमानस्थर्ल, औद्योगिक क्षेत्रको निर्माण कामको थालनीका लागि भूमिका खेल्न आग्रह गरे ।
दाङ जिल्ला इन्चार्ज नरुलाल चौधरीको अध्यक्षमा भएको कार्यक्रमको सहजीकरण दाङ जिल्ला सचिव मनोहर बुढाथोकीले गरेका थिए ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी