© २०२३
बुटवल, ९ मंसिर ।
नेकपा (एमाले)का केन्द्रीय सचिव छविलाल विश्वकर्मा रुपन्देहीको क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । लुम्बिनी प्रदेशका ईन्चार्ज समेत रहेका विश्वकर्मा आफ्नै पुर्व सहकर्मी घनश्याम भुसाललाई हराउँदै विजयी भएका हुन् । विश्वकर्माले २४ हजार ८७२ मत ल्याएर विजयी भए भने प्रतिद्वन्दी भुसालले २१ हजार ३०८ मत प्राप्त गरे । भुसालले एमालेबाट टिकट नपाएपछि पार्टी परित्याग गरी त्रिभुज चुनाव चिन्ह लिएर स्वतन्त्र लडेका थिए । उनलाई सत्ता गठबन्धनले साझा उम्मेदवारको रुपमा अगाडि बढाएको थियो ।