ट्रेंडिंग:

>> अपडेट: पाल्पा दुर्घटनामा मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य

शुरु भयो कालिका क्याम्पसको पहिलो राष्ट्रिय सम्मेलन

‘स्थानीयकरणमा दिगोपनाका लागि ज्ञान र अभ्यासको सेतुः व्यवस्थापन तथा सामाजिक विज्ञान’ विषयमा विज्ञहरुबाट कार्यपत्र प्रस्तुत गरिने
६ असार २०८२, शुक्रबार
६ असार २०८२, शुक्रबार

बुटवल, ६ असार । बुटवलस्थित कालिका क्याम्पसको आयोजनामा ‘स्थानीयकरणमा दिगोपनाका लागि ज्ञान र अभ्यासको सेतुः व्यवस्थापन तथा सामाजिक विज्ञान’ विषयक पहिलो राष्ट्रिय सम्मेलन सुरु भएको छ । कार्यक्रमको एक समारोहका बिच विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्रा.डा. देवराज अधिकारीको प्रमुख आतिथ्यमा सम्मेलनको उद्घाटन गर्दै नेपालको शैक्षिक सूचकमा सुधार गर्न शैक्षिक कार्यक्रमहरू व्यवहारिक र स्थानीय सन्दर्भमैत्री हुनुपर्ने बताए । अध्यक्ष अधिकारीले कालिका क्याम्पसको गुणस्तर मूल्यांकन प्रक्रिया अन्तिम चरणमा रहेको भन्दै क्याम्पसलाई अनुसन्धान र नवप्रवर्तनमा उदाहरणीय बनाउन सकिने बताए । उनले अध्यक्ष प्रा.डा. देवराज अधिकारीले कालिका क्याम्पसले गुणस्तर मूल्यांकन अन्तर्गतका १०८ मध्ये अधिकांश मापदण्ड पुरा गरिसकेको उल्लेख गर्दै क्याम्पस योग्य रहेको धारणा राखे । उनले भने, “क्याम्पसले गुणस्तरीय शिक्षा दिन सक्ने क्षमता राखेको छ। अब यस्ता क्याम्पसमा अनुसन्धान, इनोभेसन, फ्याकल्टी विकास र वातावरणीय पक्षलाई थप सुदृढ गर्न जरुरी छ ।“

नेपाल हाल विश्वका १४१ राष्ट्रहरूमध्ये ज्ञान विकास सूचकमा १२१ औं स्थानमा छ भने विश्वका १३३ राष्ट्रहरूमध्ये शैक्षिक सूचकमा १२८ औं स्थानमा रहेको उल्लेख गरे । देशका करिब १,४०० क्याम्पसमध्ये ५०० मा ५० भन्दा कम विद्यार्थी रहेको अवस्थाले सुधारको खाँचो औंल्याएको उनले बताए । अध्यक्ष अधिकारीले स्टार्टअप र नवप्रवर्तन प्रोत्साहन गर्न ‘सिड मनी’ अन्तर्गत ४० वटा क्याम्पसलाई ४० लाख रुपियाँ अनुदान दिइएको जानकारी दिए। उनले शिक्षाको सुधार कक्षाकोठाबाट नै सुरु गर्नुपर्ने र नीति निर्माणमा शैक्षिक नेतृत्वको भूमिका महत्वपूर्ण रहेकोमा जोड दिए ।

कार्यक्रममा बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवि अर्यालले शैक्षिक हबका रुपमा नगरको पहिचान बनाउने शैक्षिक संस्थाहरुको विकासमा सधै साथ दिदै आएको बताईन ।

सम्मेलनमा प्रस्तुत हुने विभिन्न शोधपत्र, प्यानल छलफल, तथा समूहगत अन्तरक्रियाबाट शैक्षिक नीति तथा अभ्यासमा गम्भीर बहसको अपेक्षा गरिएको छ । किनोट स्पिकरमा प्राडा प्रेम प्याख, प्राडा जिवलाल सापकोटा, प्राडा महानन्दा चालिसे, गेष्ट स्पिकर प्राडा नारायण प्रसाद बेल्बासे रहेका छन ।

कार्यक्रममा क्याम्पस सञ्चालक समिति अध्यक्ष होमबहादुर गलामी, प्राचार्य घनश्याम पाठक, पूर्वप्राचार्य पुष्प बेल्बासे, सहायक प्राचार्य महेश पाण्डेलगायतले कार्यक्रमको उपयोगिताबारे धारणा राखेका छन् । दुई दिनसम्म चल्ने सम्मेलनमा स्टार्टअप संस्कृति, वातावरणीय शिक्षा, स्थानीय सरकारसँग सहकार्य र समाजशास्त्रीय अध्ययनको भूमिकाबारे छलफलमा शैक्षिक विज्ञ, अनुसन्धानकर्ता, प्राध्यापक, नीति निर्माता, स्थानीय सरकारका प्रतिनिधि लगायतको उपस्थिति रहेको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?