ट्रेंडिंग:

>> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने >> एमाले महाधिवेशन : च्यासलमा राखियो नमुना भोटिङ मेसिन >> जनार्दनसँग जोडिएको २८ दिनमै फर्किए बलम्पाकी र दाहाल, प्रचण्डलाई भेटेर भने : हामी यतै फर्कियौँ >> आज शपथ लिन लागेका ४ नयाँ मन्त्रीको पृष्ठभूमि >> अण्डाको लागत मूल्य बढेर १९ रुपैयाँ नाघ्यो >> झापाबाट महामन्त्री शर्मासहित कांग्रेसका ६६ उम्मेदवार सिफारिस

नारामै मात्रै सीमित हरियो वन नेपालको धन

५ असार २०८२, बिहीबार
५ असार २०८२, बिहीबार

सानो कक्षामा पढ्दा ‘हरियो वन नेपालको धन’ यो शब्द खुव प्रयोग गरिन्थ्यो । भूगोल पढन बस्यो भने हरेकका मुखमा यही कुरा दोहरिएर आउँथ्यो– हरियो वन नेपाको धन । हामी पहाडमा जन्मिएको भएर होला पहाडी भागमा देखिने हरियाली यता मैदानी भागमा देख्न पाइएन । कक्षामा पढ्ने समयमा नेपालको धन कसरी भयो भन्ने विषयमा सरहरूले पढाएको कुरा सुन्दा साँच्चि हरियो वन नेपालको धन भन्ने लाग्यो । कक्षामा पढ्दा काठ दाउरा स्याउला, अनि झरेका पातहरू कुहिएर मल बन्ने र त्यही मल वर्षाको पानीले बगाएर किसानका खेत बारीमा ल्याउन हुनालले प्रत्यक्ष फाइदा र अप्रत्यक्ष पाइदा भनेर पनि पढिने गरिन्थ्यो । खेतबारीमा आउने पाँको माटो अप्रत्यक्ष फाइदाको कुरा सरहरूले सुनाउनु हुन्थ्यो ।

अलिक ठूलो भएपछि वन तथा पहाडहरूमा घुम्न र केही काठहरू ल्याउन वनमा पुगेको समयमा हरियालीयुक्त वन देख्दा मन लोभिन्थ्यो । केही वर्ष पहिले नेपालका पूर्वी भागहरूमा अवलोकन गर्नका लागि सप्ताह व्यापीरूपमा गइयो । राजमार्गबाट जाँदै गर्दा मैदानी भागमा देखिएको चारकोसे वन र पहाडी भागमा देखिने हरियालीले झन पुष्टि गरेको थियो । नेपालको हरियो वन नेपालको धन भन्दा भन्दा केही समय पछि जतिवेला जनमत संग्रह आयो, त्यतिवेला निकै सखाप पारियो भन्ने सुुनियो । पञ्चायतीकालमा वनको लागि कानुन त थियो तर अति फितलो र प्रयोगविहिन । वन भनेपछि नोक्सान भए कोही हुँदैन भन्ने सोंच भएका मानिसको हातमा कानुन र वनको लगाम पर्न गयो ।

यसरी हेर्दा वन धेरैका लागि कमाउने भाँडा नै बन्यो । सानादेखि ठूला कर्मचारीहरू पनि वन नोक्सान भए हुन वेफाइदाका कुरा केलाउन लागेनन । खाली आफ्नो भरिए भयो । यही मेसोमा लागे । वन एक किसिमले सखाप भयो । हाम्रा डाँडा नाङ्गै भए । माटो बगाएर भारततिर लाग्यो । वनबाट प्राप्त हुने काठ, दाउरा, पात, स्याउला मात्र जानकारी भएकाहरूले वनको महत्व विर्सिए अझ बनबाट अक्सिजन । अप्रत्यक्ष पाइदा पाँको माटो भन्ने त धेरै का मनमा नै रहेन । वन भएका धेरै डाँडाकाँडा मात्र नभएर मैदानका चारकोशे झाडी समेत निख्रिँद गए ।

यसले दीर्घकालिन असर पार्दछ भन्ने ज्ञान सत्ता सञ्चालकमा भएन र उपभोक्तामा पनि भएन । यता सत्ता सञ्चालकमा यो ज्ञान भइरनुपर्दथ्यो या उपभोक्तामा हुनुपर्दथ्यो । दुबै पक्षमा ज्ञानको कमीले गर्दा हाम्रो वन नासिदै र मासिदै गयो । हामी विभिन्न स्थानमा अवलोकनका लागि हिंडेको समयमा देखिने वन छोंटो समयमा धेरै नोक्सान भएको पाइयो । त्यसपछि न हरियाली न नेपालको धन । धेरै भयो यो गीत सुन्न नपाएको ।

नेपालमा जतिवेलासम्म सरकारको स्वामित्वमा वन थियो त्यतिवेला वृक्ष रोपणका नाममा धेरैले फाइदा उठाए भन्ने चर्चा त्यतिवेला पनि सुन्न पाइन्थ्यो । वृक्ष किनेको विल पेस गर्ने उता जहिले मन लाग्यो, उहिले रोपियो भन्ने सुन्न पाइन्थ्यो । अनि त्यसलाई आवश्यक मल र जल नहुनुको कारणले विरुवा हुर्कन नपाउँदै तिनको देहावसान हुने गर्दथ्यो । सामुदायिक वनको अवधारणा कहाँबाट कसरी आयो ? यो पंक्तिकारलाई खासै ज्ञान भएन तर जतिवेला सरकार लचिलो भएर नागरिक स्तरमा सामुदायलाई वन हस्तान्तरण गरियो ।

त्यसपछि यथासमयमा वृक्षारोपण भयो । अनि वचेका विरुवाको संरक्षण पनि हुन लाग्यो । आफ्नो क्षेत्र निर्धारण गरियो । ठीक समयमा वन खोल्ने र वनमा भएका सडापडा काठहरू संकलन गर्ने अनि अनावश्यक हाँगाहरू छाँटेर दाउरा बनाउन लागियो । अनि वन हेरालुबाट कडाइका साथ हेर्ने व्यवस्था मिलाइयो त्यस पछि हाम्रा डाँडापाखाहरू हराभरा देखिन लागेका भन्दा साँच्चै कुरा गरेजस्तो लाग्छ ।

कहिलेकाँही वन समूहका उपभोक्ताहरू सरकारका विरुद्धमा कडारूपमा प्रस्तुत भएको देखिन्छ । सरकारले संरक्षण गर्न नसकेको वन नागरिकले संरक्षण गर्न लागेदेखि हरियो वन नेपालको धन भन्ने सार्थक हुन लागेको समयमा सरकारले यही वनलाई दोहरो कर लगाएर मारमा पारेको भन्ने कुरा पटक पटक सुन्न पाइन्छ । आज नेपालका एक होइन हजारौं वन समूहहरू छन् । स्थानीय समूहदेखि लिएर केन्द्रस्तरमा केन्द्रीय वन समूह समेत तयार भएको छ । आज हजारौं नागरिक यसमा जोडिएका छन् । वनको संरक्षणले मात्र पनि अक्सिजनमा वृद्धि भएको छ । काठ दाउराका कुरा पर राखेर भन्न परेको खण्डमा पनि कोसौं टाढाको मानिसलाई काम लाग्ने भनेको अक्सिजन हो ।

त्यो त सहजै पाउन सकिएको छ । यसकारण पनि यो वन वनाउन र फैलाउन आवश्यक छ भनेर आम नागरिकलाई बुझाउने जरुरी छ । हिंजो अधिकार प्राप्तकर्ताहरू नै वनको वारेमा वेखबर वने । वनमा ठूलो नोक्सान हुँदा पनि कानमा तेल राखेर सुते । आज नागरिकले आफै संरक्षण गर्दा दोहरो कर लगाएर पटकपटक आन्दोलनमा उत्रने बनाएको सुन्दा आफैमा आश्चर्य लागेर आउँछ । यो आश्चर्य सहजै समन हुने पनि देखिदैन । वनको राम्रो संरक्षण गरे भने यहाँबाट झापाको नागरिकले पनि फाइदा पाउन सक्छ भने सबै कुरा सरकारले हातौमा किन खोजिरहेको छ । वन जति बढदै गयो उति विभिन्न जंगली जनावरको वासस्थान र खानाको जोहो हुन सक्छ ।

यसरी पनि फाइदा पुग्ने छ । कहिलेकाँही बर्दिया राष्ट्रिय निकुञ्जका हात्तिहरू नेपालको मध्य तथा पूर्वीभागसम्म पुगेको भन्ने सुन्नमा आउँछ । उनीहरूका वासस्थान आहारा कम भएर यसो गरिएको हो कि ? वनको मात्रा ठूलो र दायरा फराक भएर कसैलाई पनि नोक्सान हुँदैन । निकुञ्जबाट हुने काम निकुञ्जबाट हुन्छ भने आरक्षणबाट हुने काम आरक्षणबाट हुन्छ । आरक्षणको आफ्नै महत्व भए जस्तै सामुदायले सञ्चालन गरेको वनको वेग्लै महत्व रहेको छ । आरक्षण र निकुञ्ज को संरक्षणको जिम्मा सरकारले लिएको हुन्छ भने सामुदायमा हस्तान्तरण गरेको वनको जिम्मेवार पक्ष त्यहाँका स्थानीय वन समूहहरूनै हुन्छन् ।

आफ्नो बलवुतामा जोगाएको वनमा सरकारले दोहरो कर लगाएको भन्ने सुन्दा के गरेको होला ? भन्ने प्रश्न मनमा आउने गर्दछ । अझ यत्तिमात्र नभएर वर्तमान अवस्थाको कुरा गर्ने हो भने नेपालमा विभिन्न प्रजातिका बिरुवा पाइन्छन् । विरुवा पाइन्छन भन्नुको तात्पर्य केहो भने विभिन्न जातका काठहरू पाइन्छ । विभिन्न आकार प्रकारका फर्निचरदेखि लिएर विभिन्न वस्तु बनाउन सकिने काठहरू हाम्रो नेपालको समग्र वनमा पाइन्छन् । यो कुनै एकादेशको कथा होइन तर नेपालमा विदेशबाट व्यापारीहरूले महंगो मूल्यमा काठहरू मगाएर विभिन्न वस्तु निर्माण गरेर विक्री गरेको भन्ने सुनिन्छ । यो हो अत्यन्त दुःखको कुरा । नेपालमा भएका काठहरू कति वनमा सडेका छन् ।

त्यो काठ नेपाली आफैले उपयोग गर्न पाएका छैनन् । तर विदेशबाट आयात गरिएका महंगा मूल्यका काठहरू खरिद गर्न वाद्य भएका छन् । हो यसैलाई भनेको हो नेपालको हरियो वन कसको हो धन ? उही माफिकका काठ खरिद गर्नका लागि विदेशमा रकम पठाउनु परेको छ । यो व्यवसाय गर्ने विदेशी हुन भने रोक लगाउनु पर्दछ । नेपाली हुन भने झनै वन्द गर्नुपर्दछ । यो भन्दा नामर्दीपन अरू केही हुँन सक्दैन । आफ्नो मुलुकका काठहरू सडाएर विदेशी महंगा काठ किन चाहिएको छ ? हरियो वन नेपालको धन बनाउनतर्फ सरकारी तथा गैरसकारी निकाय सबै लाग्नुपर्दछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?