Butwal Today

रुपन्देही–२ (१) मा एमालेका लिला गिरी विजयी

८ मंसिर २०७९, बिहीबार
अ+
अ-

बुटवल, ८ मंसिर ।

रुपन्देही क्षेत्र नम्बर २ को प्रदेशसभा १ बाट नेकपा एमालेका पोलिटब्युरो सदस्य लीला गिरी प्रदेश सभा सदस्यमा निर्वाचित भएका छन् । गिरी लुम्बिनी प्रदेशको मुख्यमन्त्रीका प्रमुख दाबेदार हुन् ।
प्रदेशका पूर्व मन्त्री समेत रहेका गिरिले १७ हजार ६३२ मत प्राप्त गर्दा सत्ता गठबन्धनबाट उम्मेदवार बनेका नेपाली काँग्रेसका दीर्घबहादुर केसी (कुमार) ले १४ हजार ९९८ मत प्राप्त गरेका छन् ।

निर्वाचन कार्यालयका अनुसार यो क्षेत्रमा ४१ हजार ७३ मत खसेको थियो।