ट्रेंडिंग:

>> अपडेट: पाल्पा दुर्घटनामा मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य

बुटवलमा समावेशी पत्रकारिता तालिम सुरु

२६ जेष्ठ २०८२, सोमबार
२६ जेष्ठ २०८२, सोमबार

बुटवल, २६ जेठ ।

बुटवलमा तीन दिने समावेशी पत्रकारिता क्षमता विकास तालिम सुरु भएको छ । प्रेस सेन्टर नेपाल रुपन्देहीको आयोजना र बुटवल उपमहानगरपालिकाको सहयोगमा सञ्चालन हुने तालिम आइतबारबाट बुटवलमा सुरु भएको हो । कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले उपमहानगरले मिडिया प्रवर्द्धक क्षेत्रमा काम गरिरहेको बताए । उनले सञ्चार क्षेत्रले नगरको सकारात्मक कार्यको प्रचार र कमजोरीको निरन्तर खबरदारी गर्न आग्रह गरे ।
उनले आफूहरू निर्वाचित भएपछि सञ्चार क्षेत्रसँग निरन्तर सहयात्रा गर्दै आइरहेको र सञ्चारकर्मीहरू सामाजिक सञ्जाल केन्द्रित भएको भन्दै त्यसलाई खबरदारी गर्नुपर्नेमा जोड दिए ।

नगरपालिकाले सबै जात, जाति, भाषा र धार्मिक समुदायको हितलाई केन्द्रमा राखेर काम गरेको प्रमुख पाण्डेको भनाइ छ । बुटवल उपमहानगरपालिका उपप्रमुख सावित्रीदेवी अर्यालले बुटवलको विकासमा पत्रकारहरूको सकारात्मक साथ र सहयोग रहेको बताइन । उनले नगरपालिकाले समावेशिताको सवालमा विभिन्न कामहरू गर्दै आइरहेको बताउँदै काम गर्ने क्रममा कुनै पक्ष छुटेको भए आगामी दिनमा सच्याएर अघि बढ्ने प्रतिबद्धता जनाइन । नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य रामराज पोख्रेलले पत्रकारहरूले राज्यका निकायहरूको निगरानी र खबरदारी गर्ने पेसागत दायित्व भुल्न नहुने बताए ।

कार्यक्रममा नेपाल पत्रकार महासङ्घ लुम्बिनी प्रदेश उपाध्यक्ष राम प्रसाद आचार्य, प्रेस सेन्टर नेपाल केन्द्रीय सदस्य सरु राना, नेपाल पत्रकार महासङ्घ रुपन्देही अध्यक्ष दिनेश पाण्डे,अग्रज पत्रकार मदनलाल पौडेल र सञ्चारिका समूह रुपन्देही अध्यक्ष मिना ढकालले बोल्दै पत्रकारहरू हरेक दिन नयाँ नयाँ विषयहरूमा अब्बल हुनु पर्ने भएका कारण क्षमता अभिवृद्धि जस्ता तालिमहरू आवश्यक रहेको बताए ।तालिममा रुपन्देही जिल्लालाई कार्य थलो बनाएर पत्रकारिता गरिरहेको करिब ३० जनाको सहभागिता रहेको थियो । तालिम मङ्गलवार सम्म सञ्चालन हुने प्रेस सेन्टर रुपन्देहीका अध्यक्ष विष्षु पोखरेलले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?