© २०२३
लमही, ७ मंसिर ।
लुम्बिनी प्रदेशमा प्रमुख दलबाट उम्मेदवार बनेका महिला उम्मेदवारहरु मत परिणाममा कमजोर देखिएका छन्।् । लुम्बिनी प्रदेशमा नेकपा एमालेबाट २ जना, कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जनमोर्चाबाट १÷१ जना महिला उम्मेदवारहरु चुनावी मैनदामा रहेका छन््। ।
उम्मेदवार रहेका मध्ये माओवादीबाट दाङको क्षेत्र नम्बर २ मा रेखा शर्माले मात्रै अग्रता लिएकी छिन्।् । रेखा शर्माले एमालेका महासचिव शंकर पोखरेललाई सुरुदेखि नै पछाडी पारे पनि मतान्तर घट्दै छ । । ७९ हजार मत मध्ये ६८ हजार मत गन्दा शर्माले २३ हजार १ सय ८० मत पाउँदा उनका निकट प्रतिस्पर्धी एमालेका महासचिव पोखरलले २२ हजार ८२८ मत पाएका छन्।् ।
रेखा शर्मा बाहेक नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँकी नेकपा एमालेका गोकर्ण विष्टसंग पराजित भएकी छिन् भने उपसभामुख तथा कांग्रेस नेतृ पुष्पा भुसाल अर्घाखाँचीबाट पराजित भएकी छन । जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले पनि प्यूठानबाट चुनाव हारेकी छन ।
दाङको क्षेत्र नम्बर १ मा एमालेबाट उम्मेदवार बनेकी शान्ता चौधरी सत्तागठबन्धनका तर्फबाट उम्मेदवार बनेका शहरी विकास मन्त्री तथा एकिकृत समावादीका मेटमणी चौधरीसँग प्रतिस्पर्धामा छिन् । मेटमणि भन्दा उनी मतपरिणाममा पछाडि छन् ।
शान्तासँगै यस क्षेत्रबाट एमाले परित्याग गरेकी गंगा चौधरी, राष्ट्रिय प्रजातन्त्रकी लिली बुढाथोकी, संघिय लोकतान्त्रिक राष्ट्रिय मञ्चकी रुक्मणि चौधरी पनि प्रतिस्पर्धामा रहे पनि झिनो मत प्राप्त गरेका छन् ।
कोमल वली दाङको क्षेत्र नम्बर ३ मा एमालेको तर्फबाट उम्मेदवार बनेकी छिन्।् । कांग्रेसका दिपक गिरीसँग चुनावी प्रतिस्पर्धामा रहेकी कोमल वली पछाडी परेकी हुन् ।
,