Butwal Today

गुल्मी–१ मा चन्द्र भण्डारीले मतान्तर बढाउँदै

७ मंसिर २०७९, बुधबार
अ+
अ-

गुल्मी, ७ मंसिर ।

गुल्मी निर्वाचन क्षेत्र नम्बर १ को जारी मतगणनामा एमालेका प्रदिप ज्ञवाली फेरि पछि परेका छन् । काँग्रेसका चन्द्र भण्डारीसँग ज्ञवाली ८५४ मतले पछि परेका हुन् ।

काँग्रेस उम्मेदवार भण्डारीले ५ हजार ४२३ मत ल्याउँदा एमालेका प्रदिपक ज्ञवालीले ४ हजार ५६९ मत ल्याएर पछ्याइरहेका छन् । मतगणनाको सुरुवातमा ज्ञवाली अगाडि थिए त्यसलाई तोड्दै काँग्रेसका चन्द्र भण्डारीले अग्रता हासिल गरेका हुन् ।