© २०२३
बुटवल, ७ मंसिर ।
रुपन्देहीको क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा सदस्यमा लोकतान्त्रिक समाजवादी पार्टीका सर्वेन्द्रनाथ शुक्ल विजयी भएका छन् ।
निर्वाचन अधिकृत देवेन्द्र आचार्यले क्षेत्र नम्बर ४ को ७६ हजार ६ सय ७५ मत गणना हुँदा शुक्लाले २८ हजार मत प्राप्त गरेको जानकारी दिए । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका प्रमोद कुमार यादवले २२ हजार ७ सय ४ मत पाएका छन्् । यादव सोही क्षेत्रका निवर्तमान सांसद हुन् ।
यहाँबाट जनमत पार्टीका भोपेन्द्र यादवले १५ हजार ५ सय २६ मत पाएका छन् । १ लाख दस हजार ६ सय ५९ मतदाता रहेको क्षेत्रमा ७७ हजार ६४ मत खसेको थियो । लोसपाका कार्यकारिणी समितिका सदस्य रहेका शुक्ला योसहित तेस्रो पटक सो क्षेत्रबाट सांसद चुनिएका हुन् ।