© २०२३
गुल्मी, ७ मंसिर ।
गुल्मी–२ मा एमालेका सबै उम्मेदवारहरु विजयी भएको छ । प्रतिनिधि सभा र प्रदेश सभा दुवैमा एमाले विजयी भएको निर्वाचन अधिकृत शिव बहादुर थापाले जानकारी दिएका छन् ।
क्षेत्र नं।ं २ अन्तर्गत प्रतिनिधि सभामा एमालेका गोकर्णराज बिष्टले २८ हजार ५८५ मत प्राप्त गरी बिजयी बनेका हुन । त्यस्तै गठबन्धनको तर्फवाट एकीकृत समाजवादीकी रामकुमारी झाँक्रीले २६ हजार ४४१ मत प्राप्त गरेकी थिईन् ।
गुल्मी क्षेत्र नं। २ ९१० मा एमालेका डिल्लीराज भुसाल बिजयी बनेका छन् । भुसालले १४ हजार १३० मत प्राप्त गर्दा गठबन्धनका उम्मेदवार भुवनप्रसाद श्रेष्ठले १३ हजार ८८० प्राप्त गरेका थिए ।
त्यस्तै गुल्मी क्षेत्र नं। २ ९२० मा एमालेका उमेदवार दिनेश पन्थी बिजयी बनेका छन् । पन्थीले १३ हजार ९२९ मत प्राप्त गर्दा गठबन्धनका उमेदवार बुद्धि जिसीले १३ हजार ८१९ मत प्राप्त गरेका थिए । झिनो मतले गठबन्धनका उमेदवार जिसी पराजित बनेका हुन् ।
यसैक्रममा एकीकृत समाजवादी गुल्मीका अध्यक्ष श्रीराम महतले निर्वाचनमा आफ्नो पार्टीको तर्फवाट उमेदवार बनेकी रामकुमारी झाँक्री पराजित भएपछि आफुले पदबाट राजीनामा दिएको घोषणा गरेका छन् । उनले सामाजिक सञ्जाल मार्फत राजीनामाको घोषणा गरेका हुन् ।