© २०२३
दाङ, ७ मङ्सिर ।
दाङ निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार शंकर पोखरेलले प्रतिष्पर्धी रेखा शर्मासंग मतान्तर घटाउँदै लगेका छ्न् । दिउँसो ३ बजेको नतिजा अनुसार ४६ हजार २९२ मत गणना हुँदा माओवादी केन्द्रकी रेखा शर्माले १६ हजार ५३३ मत ल्याएकी छ्न् भने नेकपा एमालेका शंकर पोखरेलले १५ हजार ४७ मत ल्याएका छन् । पोख्रेरेल १४ सय ८६ मतले पछ्याउँदै छन् । बिहानको तुलनामा दिउँसो मतान्तर कम हुँदै गएको छ ।
निर्वाचन क्षेत्र नं. २ मा कुल मतदाता १ लाख ३३ हजार ७४८ रहेकोमा ७९ हजार ४४६ मत खसेको थियोे । त्यस्तै २ (ख) मा पनि नेपाली काँग्रेसका उम्मेदवार प्रचण्ड विक्रम न्यौंपानेले अग्रता कायमै राखेका छन् । २४ हजार २९२ मत गणना हुँदा नेता न्यौंपानेले १० हजार १८१ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिष्पर्धी नेकपा एमालेका गिरिराज केसीले ९ हजार ५६७ मत प्राप्त गरेका छन् ।
यी दुई बीचको मतान्तर ६१४ रहेको छ ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी