© २०२३
रुकुम पूर्व, ७ मंसिर ।
एकमात्र प्रतिनिधि सभा सदस्य रहेको रुकुम पुर्वमा सत्तारुढ गठवन्धनबाट उम्मेदवार वनेका नेकपा माओवादी केन्द्रका पूर्णबहादुर घर्तीमगर १२ हजार २६२ मत प्राप्त गरी विजयी भएका छन् । निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार कैलाशकुमार मल्ललाई ७ हजार ४१ मतान्तरले हराउँदै घर्तीमगर विजयी भएका हुन् । नेकपा एमालेका उम्मेदवार मल्लले ५ हजार २२१ मत प्राप्त गरेका छन् । लुम्विनी प्रदेशका निवर्तमान सभामुख समेत रहेका घर्तीको संघीय संसदमा भने यो पहिलो प्रवेश हो ।
प्रदेश सभामा स्वतन्त्र र काँग्रेसले जिते
प्रदेश सभा १ मा स्वतन्त्र उम्मदवार सुरुल पुन ४ हजार ४६५ मतका साथ विजयी भएका छन् । लोकतान्त्रिक वाम गठवन्धनका साझा उम्मेदवार नेकपा माओवादी केन्द्रका तेजवहादुर वलीलाई ५३३ मतान्तरले पराजित गरेका छन । लोकतान्त्रिक वाम गठवन्धनका साझा उम्मेदवार वलीले ३ हजार ९३२ मत प्राप्त गरेका छन् ।
रुकुम पूर्वकै प्रदेश सभा २ मा भने नेपाली काँग्रेसका धनवहादुर केसी ४ हजार ८६२ मतका साथ विजयी भएका छन् । लोकतान्त्रिक वाम गठवन्धनका साझा उम्मेदवार केसीले स्वतन्त्र उम्मेदवार नरहरि खड्कालाई २ हजार ६१८ मतान्तरले हराएका छन् । स्वतन्त्र उम्मेदवार खड्काले २ हजार २४४ मत प्राप्त गरेका छन ।