© २०२३
गुल्मी, ७ मंसिर ।
गुल्मी क्षेत्र नम्बर १ मा बुधबार दिउँसोदेखि सुरु भएको मतगणनामा एमालेका प्रदिप ज्ञवालीले प्रारम्भिक अग्रता हासिल गरेका छन् । प्रदिप ज्ञवालीले ५७७ मतका साथ अग्रस्थानमा रहँदा नेपाली काँग्रेसका चन्द्र भण्डारी ५०७ मत ल्याएर पछ्याइरहेका छन् । त्यस्तै राप्रपाका उम्मेदवारले ७६ र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले १६ मत प्राप्त गरेका छन् ।
प्रतिनिधि सभा तर्फ कालिगण्डकी गाउँपालिका १ अन्तर्गत हर्मीचौरबाट गणना सुरु गरिएको हो । जिल्ला समन्वय समितिको सभाहलमा दिउसो १ बजेदेखि मतगणना गर्न सुरू गरिएको हो ।
प्रदेश सभा तर्फको मत गणना पनि केही समयपछि सुरू गरिने बताईएको छ । गुल्मी क्षेत्र नं १ मा १ लाख १९ हजार २ सय ८१ मतदाता रहेका थिए । उक्त प्रदेशमा ७० हजार ६ सय मत खसेको थियो ।