© २०२३
दाङ, ७ मंसिर ।
दाङ–२ (१) मा सत्ता गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका उम्मेदवार राजु खनाल विजयी भएका छन् । खनालले १५ हजार ६ सय १६ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका बलीभद्र रानाले १४ हजार ४ सय ४९ मत प्राप्त गरेका छन् । उनीहरुको मतान्तर १ हजार १ सय ६७ रहेको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार गोपाल बहादुर बेल्बासेले ३ हजार ६ सय ३७ मत प्राप्त गरेका छन् । यस क्षेत्रमा बंगलाचुली गाउँपालिका र घोराही उपमहानगरपालिकाका ४, १३, १४, १५, १७, १८ र १९ नं. वडा पर्दछन् । यस क्षेत्रमा ३७ हजार ८६ मत खसेको थियो । यस क्षेत्रमा १ हजार ४ सय ८५ मत बदर भएको छ ।
खनाल काँग्रेस लुम्बिनी प्रदेश उपाध्यक्ष हुन् । खनाल २०७० मा दाङ–३ बाट संबिधानसभा सदस्य निर्वाचित भएका थिए भने २०७४ मा उक्त क्षेत्रबाटै माओवादी केन्द्रका नेता कृष्ण बहादुर महरासंग पराजित भएका थिए ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी