© २०२३
गुल्मी, ७ मंसिर ।
गुल्मी क्षेत्र नं १ काे मतगणना आज बिहान ११ बजेदेखि शुरू हुने भएकाे छ । जिल्ला प्रशासन कार्यालयमा बिहान बसेकाे सर्वदलीय बैठकपछि मतगणना शुरू गर्ने बिषयमा सहमति भएकाे मुख्य निर्वाचन अधिकृत वसन्तराज पौडेलले जानकारी दिएका छन् । निर्वाचन अधिकृत कार्यालयले आयाेगकाे निर्देशिका बमाेजिम मत गणना गरिने जनाएकाे छ ।
गुल्मीको क्षेत्र नं १ अन्तरगत कालिगण्डकि गाउँपालिका २ अर्बेनीमा रहेकाे भगवती माध्यमिक विद्यालयकाे क र ख केन्द्रमा स्थगित भएकाे मतदान हिजाे सम्पन्न भएपछि मतगणना शुरू गर्न लागिएकाे हाे । मंसिर ४ गतेकाे निर्वाचनमा निर्वाचन अधिकृतले प्रतिनिधि सभाकाे प्रत्यक्ष तर्फकाे मत पत्र दिने ठाउँमा प्रदेश सभाकाे प्रत्यक्ष तर्फकाे मत पत्र दिएपछि मतदान स्थगित भएकाे थियाे ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी