© २०२३
दाङ, ७ मङ्सिर ।
दाङ निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार शंकर पोखरेलले प्रतिपर्धी रेखा शर्मासंग मतान्तर घटाउदै लगेका छ्न् । बिहान ७.३० बजेको नतिजा अनुसार ३५ हजार ३६० मत गणना हुँदा माओवादी केन्द्रकी रेखा शर्माले १३ हजार २०४ मत ल्याएकी छ्न् भने नेकपा एमालेका शंकर पोखरेलले ११ हजार ५८८ मत ल्याएका छन् । पोख्रेरेल १६ सय १६ मतले पछाडि रहेका छन् । हिजोको तुलनामा आज मतान्तर कम हुँदै गएको छ ।
निर्वाचन क्षेत्र नं. २ मा कुल मतदाता १ लाख ३३ हजार ७४८ रहेकोमा ७९ हजार ४४६ मत खसेको थियोे । प्रदेशसभा तर्फ २ (१) मा २६ हजार ५५३ मत गणना हुँदा नेपाली काँग्रेसका उम्मेदवार राजु खनालले अग्रता कायमै राखेका छन् ।
खनालले ११ हजार ८८३ मत प्राप्त गर्दा नेकपा एमालेका बलीभद्र रानाले १० हजार मत प्राप्त गरेका छन् । उनीहरु बीचको मतान्तर १८८३ रहेको छ । त्यस्तै २ (२) मा पनि नेपाली काँग्रेसका उम्मेदवार प्रचण्ड बिक्रम न्यौंपानेले अग्रता कायमै राखेका छन् । १३ हजार ५८३ मत गणना हुँदा युवा नेता न्यौंपानेले ५ हजार ८२७ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिपष्पर्धी नेकपा एमालेका गिरिराज केसीले ५ हजार ३६७ मत प्राप्त गरेका छन् । यी दुई बीचको मतान्तर ४६० रहेको छ ।