ट्रेंडिंग:

>> अपडेट: पाल्पा दुर्घटनामा मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य

दोस्रो विश्वयुद्ध पछि पहिलो पटक जर्मन सेना अन्य देशमा तैनाथ

१२ जेष्ठ २०८२, सोमबार
१२ जेष्ठ २०८२, सोमबार

बर्लिन्, १२ जेठ ।

दोस्रो विश्वयुद्धमा पराजय भएको जर्मनीले पहिलो पटक जर्मनी बाहिर आफ्नो सेना तैनाथ गरेको छ । जर्मन चान्सलर फ्रेडरिक मर्जले उत्तरी एट्लान्टिक सन्धि सङ्गठन (नाटो) को पूर्वी भागको रक्षा गर्नका लागि युरोपियन मुलुक लिथुआनियामा बर्लिन् ब्रिगेड पठाएका हुन् ।

जसको वातावरण बनाउनका लागि उनले यसै साता लिथुआनियाको भ्रमणसमेत गरेका थिए । गत बिहीबार अर्थात मे २२ मा भएको भ्रमणमा चान्सलर मर्जसहित जर्मन रक्ष मन्त्री बोरिस पिस्टोरियससँग सामेल रहेका थिए। सोही समारोहमा जर्मनीको बख्तर बन्द ब्रिगेड औपचारिक रूपमा गठन गरिएको घोषणा गरिएको हो ।

युक्रेनमा रुसको आक्रमणको बीचमा चान्सलर मर्जले भने, ‘हाम्रा बाल्टिक सहयोगीहरूको सुरक्षा पनि हाम्रो सुरक्षा हो ।’ उनले नेटो सहयोगीहरूलाई मस्को विरुद्ध युरोपेली सुरक्षा बलियो बनाउन प्रयासहरू विस्तार गर्न पनि आग्रह गरेका थिए । आफ्नो सेनालाई बलियो बनाएर बर्लिनले सुरक्षामा थप लगानी गर्न सहयोगीहरूलाई संकेत गरेको देखिएको छ ।

आफ्नो देशमा जर्मन सेना भित्रिए पछि लिथुआनियाका राष्ट्रपति गितानास नौसेदाले यसलाई ‘ऐतिहासिक दिन’ भनेर टिप्पणी गरेका छन् । किनकि, यो पहिलो पटक हो कि जर्मन ब्रिगेडले १९४० पछि लामो तैनाथीको लागि आफ्नो देश बाहिर जाने निर्णय लिएको थियो ।

जर्मनीले लिथुआनियामा आफ्नो सेना तैनाथ सुरू गरे पछि युरोपमा नयाँ बहस सुरू भएको छ ।  लिथुआनियाले रुसको कालिनिनग्राद र मस्कोको प्रमुख सहयोगी बेलारुससँग आफ्नो सिमाना साझा गरिरहेको छ, जसका कारण लिथुआनिया माथी जतिखेर पनि मस्कोवाट हमला हुन सक्छ ।

नयाँ ब्रिगेडको साथ जर्मनीले अन्य देशसँग पनि गहिरो संलग्नताको लक्ष्य राखेको छ, जहाँ यसले पहिलो पटक २०१७ मा सेनाको स्थानान्तरण सुरु गर्ने घोषणा गरेको थियो । यो एक वर्ष भन्दा बढीको लागि प्रगतिको दिशामा थियो। यस पछि ‘एक्टिभेसन स्टाफ’ को रूपमा विस्तार भयो, जसमा २५० सेनाहरू त्यसमा सामेल रहेका थिए ।

अब विस्तारित रूपमा ४५ नम्बर आर्मर्ड ब्रिगेडमा लगभग ५ हजारको कुल संख्या पुरयाइनेछ, जसमा ४८०० जर्मन सैनिक तथा  २०० नागरिक कर्मचारीहरू रहने छन् । र, यो २०२७ सम्म यसको पूर्ण क्षमतामा पुग्ने अपेक्षा गरिएको छ। गत बिहीबार भिल्नियसको केन्द्रीय क्याथेड्रल स्क्वायर माथिको आकाशमा दर्जनौं जर्मन सैन्य हेलिकप्टरहरू उडाएर यसको संकेत गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?