ट्रेंडिंग:

>> अपडेट: पाल्पा दुर्घटनामा मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य

सामुदायिक वन व्यवस्थापनमा सहकार्यको प्रतिवद्धता

११ जेष्ठ २०८२, आइतबार
११ जेष्ठ २०८२, आइतबार

जितपुर, ११ जेठ ।

कपिलवस्तु जिल्लाको मोतीपुर सब–डिभिजन वन अन्तर्गतका सामुदायिक वन र बाणगंगा नगरपालिकाबिच सहकार्य र समन्वयलाई सुदृढ बनाउने उद्देश्यले अन्तत्र्रिmया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ ।

बाणगंगा नगरपालिका–४ दरखास्तमा आयोजित उक्त कार्यक्रममा सामुदायिक वन व्यवस्थापनलाई थप प्रभावकारी बनाउन स्थानीय सरकार, वन कार्यालय र उपभोक्ता समूहबिचको भूमिकाबारे विस्तृत छलफल गरिएको थियो । कार्यक्रमको मूल उद्देश्य सामुदायिक वनका सेवा प्रवाहमा सुधार ल्याउँदै, वातावरणीय संरक्षण र दिगो वन व्यवस्थापनमा सहकार्यको ढोका खोल्नु रहेको थियो ।

कार्यक्रममा प्रमुख प्रस्तुतकर्ता वरिष्ठ वन अधिकृत एजाज अहमद अन्सारीले मोतिपुर सब–डिभिजन वन कार्यालय अन्तर्गतका कार्यक्रमहरूको अवस्था, उपलब्धि र चुनौतीबारे जानकारी दिए । उनले वन सम्वद्र्धन प्रणालीमा आधारित व्यवस्थापन अभ्यास, डढेलो नियन्त्रण रणनीति, सुशासन अभिवृद्धि तालिम तथा लेखा प्रणाली व्यवस्थापनलगायतका विविध पहलहरूबारे जानकारी प्रस्तुत गरे ।

कार्यक्रममा बोल्दै बाणगंगा नगरप्रमुख चक्रपाणि अर्यालले सामुदायिक वन व्यवस्थापनमा सहकार्य अपरिहार्य रहेको उल्लेख गरे । उनले भने, “स्थानीय सरकार र सामुदायिक वनबिच सुमधुर सम्बन्ध रहेकोले सहकार्यका अवसरहरू थप फराकिला छन् ।” उनले वन क्षेत्रले पारदर्शीता र जवाफदेहिता कायम राख्दै काम गर्नुपर्नेमा जोड दिए ।

नगरप्रमुख अर्यालले सामुदायिक वन योजनाहरू लागत स्टिमेटसहित अघि बढाउन सुझाव दिंदै नगरपालिकाको तर्फबाट पूर्ण सहयोग रहने स्पष्ट पारे । साथै उनले वन अतिक्रमण नियन्त्रण, काठ दाउरा तथा वन्यजन्तु तस्करीको रोकथाममा हाल देखिएको सफलता सकारात्मक संकेत भएको बताए । सामुदायिक वनबाट स्थानीय तहले प्राप्त गर्नुपर्ने १० प्रतिशत राजस्वबारे बिगतदेखि नै निरन्तर आवाज उठाउँदै आएको पनि उनले स्मरण गराए ।

जिल्ला डिभिजन वन कार्यालय कपिलवस्तुका प्रमुख इश्वरीप्रसाद पौडेलले वन व्यवस्थापनका हरेक पहलमा स्थानीय तहसँग सहकार्य गर्नुपर्ने आवश्यकता औंल्याए । उनले समृद्ध वन र बलियो स्थानीय सरकारबिचको सम्बन्धले मात्र दिगो विकास सम्भव हुने बताउँदै, सहकार्यको अभावले नकारात्मक असर पर्ने चेतावनी दिए । साथै, उनले कार्यान्वयनका क्रममा वन ऐन र स्थानीय ऐनबिच देखिएको अस्पष्टता समाधान गर्न आवश्यक रहेको उल्लेख गरे ।

कार्यक्रममा श्रृङ्गीघाट, शिवमन्दिर, नवप्रभात, मधुवन र फुलवारी सामुदायिक वनका अध्यक्षहरूले वन राजस्व बाँडफाँड, अतिक्रमण, सडक तथा खोल्साखोल्सी व्यवस्थापन, नदीको अवैध दोहनजस्ता विषयमा सरोकार व्यक्त गरे । उनीहरूले प्रदेश सरकारलाई प्रदान गरिँदै आएको २५ प्रतिशत राजस्वको पारदर्शीता र उपयोगबारे समेत प्रश्न उठाएका थिए ।

छलफलमा बाणगंगा नगरपालिकाकी उपप्रमुख रिताकुमारी चौधरी, नगरप्रवक्ता विष्णुप्रसाद पौडेल, वडा नं. ८ का वडाध्यक्ष बाबुराम अर्याल, वन कार्यालयका कर्मचारी, सामुदायिक वन समूहका पदाधिकारी तथा सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रमको समापनमा सहभागी सबै पक्षले डढेलो नियन्त्रण, चोरी–शिकारी नियन्त्रण, अतिक्रमण रोकथाम, तथा काठदाउरा वितरणसम्बन्धी समस्याहरू समाधान गर्न अन्तर–निकाय समन्वयबाट साझा रणनीति निर्माण गरिने प्रतिवद्धता व्यक्त गरे । सामुदायिक वन संरक्षण तथा दिगो व्यवस्थापन सुनिश्चित गर्न सहकार्य र समन्वयलाई निरन्तरता दिने निष्कर्ष निकालिएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?