Butwal Today

युवा क्लबमार्फत समाज परिवर्तन गर्दै 

१० जेष्ठ २०८२, शनिबार
अ+
अ-
 दाङ,१० जेठ ।
अबको नेतृत्व युवाले गर्नुपर्छ भन्ने उद्देश्यले युवालाई संगठित गरिएको छ ।  मुक्त कमलरी  बिकास मञ्चको आयोजना र  आइएम नेपालको सहयोगमा  युवा क्लबहरुको जिल्ला स्तरीय संजाल  गठन गरिएको हो   ।  घोराही , तुलसीपुर  र लमहीका गठन भएका युवा क्लबका पदाधिकारीबाट जिल्लास्तरीय संजाल गठन गरिएको हो  । मुक्त कमलरी ससक्तीकरण परियोजना अन्तर्गत  दाङको घोराही , तुलसीपुर  र लमहीमा पालिका स्तरीय बाल क्लबका युवालाई छनोट गरि जिल्ला  स्तरीय युवा संजाल गठन गरिएको सस्थाका अध्यक्ष हिरामोती चौधरीले जानकारी दिइन  ।
 युवा संजाल दाङ  नामको संजाल गठन भएको छ।  जसको अध्यक्ष  शम्भु नेपाली, उपाध्यक्ष अन्जना चौधरी , सचीव करुणा पौडेल , कोषाध्यक्ष   सिम्रन डांगी, सदस्यहरु पारस वली, दिपीका चौधरी , अनिता चौधरी , कृतिका  चौधरी , मन्सु परियार, अन्जली चौधरी , प्रकृति चौधरी सहितको ११ सदस्य कार्यसमिति बनेको छ ।
मंचका अध्यक्ष हिरामोती  चौधरीले नयाँ पुस्तालाई नेतृत्वका लागि तयार गर्ने उदेश्यले कार्यक्रम लागु  भएका पालिकाको एउटै क्लब गठन गरिएको  बताइन । एक्लैले गरेको काम भन्दा सामुहिक काम बढी फलदायी हुने भएकाले समूहको आबस्यक रहेको बताइन्  । स्वच्छ सफा नेपालका कैलास बिक्रम साहीले समाज परिवर्तनका सम्बाहक युवाहरुलाइ संगठित गरेर पैरवी गर्ने थालीएको बताए   ।
 मुक्त कमलरी ससक्तीकरण परियोजनाका परियोजना अधिकृत शुबोध चौधरीले जिल्लास्तरीय युवा संजाल गठन गरेर तीन वटा पालिकालाइ जोड्ने काम गरेको बताए  । युवा संजालका माध्यमबाट अधिकार , काम कर्तव्यका विषयमा वकालत गर्ने युवा तयार गर्न थालेको  बताए  । उनले संजालको  काम, कर्तव्य ,भूमिका र जिम्मेवारीका बारेमा जानकारी गराए ।
युवालयका दाङ कार्यक्रम संयोजन  विद्या  बिस्टले युवाहरुले काम  गर्दा  खुलेर गर्नुपर्ने , साथीहरूको बिचमा छलफल गरेर काम गर्नुपर्ने र सकारात्मक तरिकाले समाजमा स्थापित हुनुपर्ने बताइन । कार्यक्रमको सहजीकरण  सामाजिक परिचालक  सरिता चौधरी  गरेकी थिइन् ।