© २०२३
पाल्पा, ९ जेठ । तिनाउ खोलाको ड्याममा पौडी खेल्ने क्रममा वेपत्ता भएका एक जनाको शव शुक्रबार अबेर भेटिएको छ । प्रहरी चौकी दोभानका प्रमुख रुम के.सीको कमाण्डमा शशस्त्र प्रहरी बल, नेपाली सेनाको तालिम प्राप्त टोलीले ड्याम साईडबाट शव निकाल्न सफल भएको हो । विहीबार दिउसो ४ बजे समयतिर पौडी खल्ने क्रममा भारतको नौतनवाका १८ वर्षिय सोयव अन्सारी वेपत्ता भएका थिए ।
पौडी खेल्ने क्रममा तिनाउ खोलामा डुवेर मात्र यो महिनामा ३ जनाको मृत्यु भएको छ । स्थानिय तिनाउ गाउपालिका सरकार, प्रहरी चौकी दोभानको समन्वयमा दुर्घटना संभावित स्थलका लागि निषेध गर्दासम्म आफु खुसी पौडी खोल्ने क्रम बढेको छ । यस अगाडि यसै क्षेत्रमा बुटवल उपमहानगरपालिका ४ का १७ वर्षीय अभिषेक श्रेष्ठ र सोही स्थनका १६ वर्षिय दिनेश सुवेदीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी सुनिल मल्लले बताए ।