© २०२३
बुटवल, ६ जेठ । बुटवलमा जारी ‘देवीनगर क्रिकेट प्रिमियर लिग २०८२’ मा रोयल सिद्धार्थ विजयी भएको छ ।
“स्वास्थ्यका लागि खेलकुद” भन्ने नारासहित युवाबीच खेलमैत्री भावना विकास हुने गरि देवीनगर क्रिकेट क्लबको आयोजनामा मंगलबार भएको खेलमा मेघा राईनोजलाई ५ बिकेटले पराजित गर्दै रोयल सिद्धार्थ विजयी भएको हो ।
देविनगरस्थित खेलमैदानमा भएको खेलमा टस जितेर रोयल सिद्धार्थले मेघा राईनोजलाई ब्याटिङको निम्तो दिएको थियो । मेघा राईनोजले १०.५ ओभरमा सबै बिकेट गुमाउदै केवल ५९ रनमात्र बनाएको थियो । उसका लागि सन्जय बरालले २२ र प्रतिकले १५ रनको योगदान दिए । रोयलका महेश श्रेष्ठले २ तथा तारा पाण्डे, कमल प्रकाश, विपिन र दिपेन्द्र गौतमले समान १–१ बिकेट लिए । कम स्कोर पछ्याएको रोयलले १२.४ ओभरमा ५ बिकेटको नोक्सानीमा लक्ष्य भेटायो । रोयलका लागि कमल अस्लामीले २३ तथा अजिल पाण्डेले १६ रन जोडे । खेलमा रोयलका कमल अस्लामी प्लेयर अफ दी म्याचबाट पुरस्कृत भए ।
विभिन्न संघसंस्थाहरुको सहयोगमा अक्सन प्रणालीमार्फत संचालन भएको क्रिकेट लिग प्रतियोगिता आयोजना गरेको क्लबका सचिव निर्मल ज्ञवालीले बताए । एक महिनासम्म सञ्चालन हुने प्रतियोगितामा जेके वारियर्स, रोयल सिद्धार्थ, मेगा राइनोज, र प्रिन्ट हब किङ्स चार टिम रहेको खेल संयोजक अनिल पाण्डेले बताए ।