Butwal Today

भैरहवा हवाई प्रवेशमार्गसम्बन्धी सहमति सकारात्मक छः महासचिव पोखरेल

११ मंसिर २०८३, शुक्रबार
अ
अ+
अ-

गण्डकी ।

नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा गरिएको भैरहवा हवाई प्रवेशमार्ग दुईतर्फी बनाउने सहमति सकारात्मक रहेको बताएका छन् ।

प्रेस चौतारी नेपाल, कास्कीद्वारा यहाँ आयोजित पत्रकार भेटघाटमा उनले त्यससम्बन्धी प्राविधिक विषयलाई छिटो टुङ्ग्याएर उक्त हवाई प्रवेशमार्गलाई दुईतर्फी सञ्चालनमा ल्याउन सरकारले तदारुकता देखाउनुपर्ने बताए ।

प्रधानमन्त्रीबाट भारतको भ्रमणका क्रममा भएका सहमति/समझदारी कार्यान्वयन हुनुपर्नेमा उनले जोड दिए ।

यसैबीच, महासचिव पोखरेलले आगामी स्थानीय तह र प्रदेशसभा निर्वाचनमा विचार मिल्ने दलसँग पार्टीले तालमेल गरी अगाडि बढ्ने बताए ।

“कुन दलसँग तालमेल गर्ने कुरा टुङ्गिएको छैन, तर निवार्चनमा विचार मिल्ने दलहरुबीच मिलेर जाने विषयमा छलफल भइरहेको छ”, उनले भने । महासचिव पोखरेलले एमालेलाई थप एकताबद्ध र सुदृढ गर्दै आगामी निर्वाचनमा जाने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?