Butwal Today

दानबहादुर कार्कीको रिट न्यायाधीश श्रीकान्त पौडेलको इजलासमा

२ मंसिर २०८३, बुधबार
अ
अ+
अ-

काठमान्डौँ ।

सर्वोच्च अदालतले बुधबार निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले दायर गरेको रिट निवेदनमाथि प्रारम्भिक सुनुवाइ गर्दैछ । उक्त रिट न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासमा परेको छ ।

सरकारले गत १८ कात्तिकमा कार्कीलाई प्रहरी महानिरीक्षकको जिम्मेवारीबाट हटाएर प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार नियुक्त गरेको थियो । सोही दिन प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) डा. मनोज केसीलाई प्रहरी महानिरीक्षकमा बढुवा गरिएको थियो ।

मन्त्रिपरिषद्को उक्त निर्णय गैरकानुनी रहेको र आफू अन्यायमा परेको दाबीसहित कार्कीले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

तिहार तथा छठ पर्वको बिदापछि मंगलबारदेखि अदालत खुलेसँगै सर्वोच्च अदालत प्रशासनले कार्कीको रिटमाथि प्रारम्भिक सुनुवाइका लागि बुधबारको मिति तोकेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?