Butwal Today

ढाकावाङ्गको मौलिक भैलो मंसिर ३ गते देविनगरमा

३० कार्तिक २०८३, सोमबार
अ
अ+
अ-

बुटवल। अर्घाखाँची ढाकावाङ्ग–रुपन्देही सम्पर्क समाजको आयोजनामा मौलिक भैलो कार्यक्रम मंसिर ३ गते साँझ ७ बजेदेखि बुटवल–११ देविनगरस्थित चौपारी नजिकै हुने भएको छ। समाजले कार्तिक २२ गतेदेखि रुपन्देहीका विभिन्न क्षेत्रमा मौलिक भैली नाच प्रस्तुत गर्दै आएको छ। नेपाली मौलिक कला, संस्कृति तथा परम्पराको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले भैली नाच सञ्चालन गरिएको समाजका अध्यक्ष ज्ञानप्रसाद खनालले जानकारी दिए।

२०८० सालमा स्थापना भएको समाजले स्थापनाकालदेखि नै विभिन्न सामाजिक तथा रचनात्मक कार्य गर्दै आएको छ। समाजले सामाजिक उत्तरदायित्व निर्वाह गर्नुका साथै मौलिक देउसी–भैलो कार्यक्रममार्फत नेपाली संस्कृति र परम्पराको संरक्षणमा समेत योगदान पुर्‍याउँदै आएको छ। मौलिक कला, संस्कृति र परम्परालाई नयाँ पुस्तासम्म हस्तान्तरण गर्ने उद्देश्यसहित आयोजना गरिएको कार्यक्रममा उपस्थित भई कार्यक्रमको शोभा बढाइदिन समाजले सबैमा आग्रह गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?