© 2026
काठमान्डौँ ।
नेपाली कांग्रेसको देउवा समूहले आगामी मंसिर १५ र १६ गते सुदूरपश्चिम प्रदेशको अधिवेशन गर्ने भएको छ ।
पूर्वसभापति शेरबहादुर देउवाको गृहप्रदेशसमेत रहेको सुदूरपश्चिममा कैलालीको धनगढीस्थित सौराइ स्क्वायरमा प्रदेश अधिवेशन आयोजना गर्न लागिएको हो ।
प्रदेश सभापति वीरबहादुर बलायरले शनिबार विज्ञप्ति जारी गर्दै अधिवेशनको मिति र स्थान सार्वजनिक गरेका हुन् ।
विज्ञप्तिमा सुदूरपश्चिमका नौवटै जिल्लाका वडा, पालिका, प्रदेशसभा निर्वाचन क्षेत्र तथा प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय अधिवेशन सम्पन्न भइसकेको उल्लेख छ ।
यसैबीच, देउवा समूहले पूर्वमहामन्त्री डा। शशांक कोइरालाको संयोजकत्वमा १५औँ नियमित महाधिवेशन तयारी समिति गठन गरेको छ । उक्त समूहले आगामी मंसिर २१ देखि २३ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने जनाएको छ ।