Butwal Today

सिँचाइ ड्याममा बेपत्ता युवकको २२ घण्टा पछि शव निकालियो

२७ कार्तिक २०८३, शुक्रबार
अ
अ+
अ-

लमही ।
दाङको घोराही १० अर्घुमा रहेको सिचाई ड्याममा नुहाउने क्रममा डुबेर बेपत्ता भएका एक व्यक्तिको शव सशस्त्र प्रहरी बल, नेपालको गोताखोर टोलिले उद्दार गरेको छ। हिजो दिउँसो अन्य ६ जना साथिहरु सङ्ग नुहाउन गएका घोराही उप(महानगरपालिका वडा न। (१२ बेलघारका २३ बर्षका अनुप चौधरी पौडि खेल्ने क्रममा सिचाई ड्यामको पानीमा डुबेर बेपत्ता भएका थिए ।

हिजो नै दाङ्ग जिल्ला स्थित नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपालको सम्युक्त टोलिले घटना पश्चात् तत्काल परिचालन भै लगातार खोजि गर्दा पनि चौधरीलाई फेला पार्न सकेको थिएन ।आज बिहानै देखि सशस्त्र प्रहरी बल, नेपाल न। ४२ रिजर्भ गण हेड क्वार्टर शमसेरगन्ज बाँकेमा रहेको प्रदेश स्तरिय बिपद ब्यबस्थापन टिमबाट सशस्त्र प्रहरी निरिक्षक आशिष रावतको कमाण्डमा विशेष तालिम प्राप्त गोताखोर टोलि परिचालन गरिएको थियो ।

उक्त गोताखोर टिमले चौधरीको शव ३० फिट पानी मुनिमाटोमा गाडिएको अवस्थामा आज ११ : ३० बजे फेला पारेको सशस्त्र प्रहरी बल, नेपाल न। २९ गण हेड क्वार्टर ज्वालामाई दाङ्गका प्रमुख सशस्त्र प्रहरी उपरिक्षक यदु कुमार कार्किले जानकारी दिए

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?