Butwal Today

महामन्त्री विपिन आचार्यको नेतृत्वमा रास्वपाको जम्बो टोली चीन जादैँ

१४ कार्तिक २०८३, शनिबार
अ
अ+
अ-

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका महामन्त्री विपिन आचार्यको नेतृत्वमा पार्टीको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने भएको छ । चिनियाँ कम्युनिस्ट पार्टी सीपीसीको निमन्त्रणामा रास्वपाको प्रतिनिधिमण्डल कात्तिक अन्तिम साता चीन जान लागेको पार्टीका प्रवक्ता जगदीश खरेलले जानकारी दिएका छन् ।

शनिबार बसेको पार्टी सचिवालय बैठकमा समेत चीन भ्रमणबारे छलफल भएको उनले बताए । उनका अनुसार पारस्परिक राजनीतिक संवादलाई अघि बढाउने र दुई देशबीचको सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यले भ्रमण तय गरिएको हो ।

यसैबीच, सचिवालय बैठकमा मधेस प्रदेशसहित केही जिल्लामा देखिएका पार्टीका आन्तरिक समस्या तथा मधेस अडिटसम्बन्धी विषयमा सहमहामन्त्री हरि ढकाल नेतृत्वको कार्यदलले तयार पारेको प्रतिवेदन प्रस्तुत गरिएको छ । प्रवक्ता खरेलका अनुसार कार्यदलको प्रतिवेदन अध्ययन गरेपछि त्यसका आधारमा पार्टीले आगामी कदम चाल्ने निर्णय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?