Butwal Today

राष्ट्रपतिले १० : २६ मा टीका ग्रहण गर्ने, सर्वसाधारणका लागि कार्यक्रम नहुने

४ कार्तिक २०८३, बुधबार
अ
अ+
अ-

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने भएका छन्।

शीतल निवासस्थित राष्ट्रपति कार्यालयमा राष्ट्रपति पौडेलले विजया दशमीको बुधबार बिहान १० बजेर २६ मिनेटको शुभसाइतमा गुरू पुरोहितबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने जानकारी दिए।

विगतका वर्षहरूमा राष्ट्रपतिले सर्वसाधारणलाई टीका लगाइदिने गरेको भए पनि गत वर्षदेखि मुलुकले विषम परिस्थितिको सामना गर्नु परेको र शान्तिपूर्ण तथा हर्षोल्लासको वातावरण नभएकाले उक्त कार्यक्रम राखिएको छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?