© 2026
कञ्चनपुर ।
तिब्बती भाषा अध्ययनका लागि कञ्चनपुरको गड्डाचौकी नाका भएर भारतको देहरादुन लैजाँदै गरिएका २५ जना बालबालिकाको सीमा क्षेत्रबाट उद्धार गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतले १० वर्षमुनिका २५ बालबालिकालाई भारतीय सीमा सुरक्षा बल ९एसएसबी० ले नेपाल फर्काएको जानकारी दिए ।
“हुम्लाको सिमकोटका बालबालिकालाई वनबासास्थित एसएसबीको चेकपोस्टले नेपाल फर्काएको छ”, उनले भने, “ती बालबालिका अहिले इलाका प्रहरी कार्यालय गड्डाचौकीमा छन् थप बुझ्ने काम भइरहेको छ ।”
हुम्लाको सिमकोट गाउँपालिका–८ का बालबालिकालाई पञ्चविर बुढाले भारत लैजाँदै गरेका थिए । कञ्चनपुर प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ ।