Butwal Today

बुटवल उवासंघ अधिवेशन , वरिष्ठ उपाध्यक्षका उम्मेदवार सुरज भट्टराईः अनुभवी नेतृत्व

२५ आश्विन २०८३, आइतबार
अ
अ+
अ-

बुटवल । व्यवसायीको हकहित संरक्षण, निजी क्षेत्रको सशक्त प्रतिनिधित्व र व्यवसायमैत्री वातावरण निर्माण गर्ने प्रतिबद्धतासहित व्यवसायी सुरज भट्टराई बुटवल उद्योग वाणिज्य संघको २६औँ अधिवेशनमा वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार बनेका छन् ।

तीन दशकदेखि उद्योग तथा व्यवसाय क्षेत्रमा सक्रिय भट्टराई व्यवसायीका समस्या, बजारका चुनौती र व्यावसायिक सम्भावनालाई नजिकबाट बुझ्ने अनुभवी व्यवसायी हुन् । उनले संघको दुई कार्यकाल कार्यसमिति सदस्य र एक कार्यकाल उद्योग उपाध्यक्षका रूपमा जिम्मेवारी निर्वाह गरिसकेका छन् ।

भट्टराईले व्यवसायीमैत्री नीति निर्माणका लागि सरकारी निकायसँग प्रभावकारी समन्वय, लगानीमैत्री वातावरणको विकास, स्थानीय उद्योग तथा व्यवसायको प्रवद्र्धन र युवालाई उद्यमशीलतातर्फ आकर्षित गर्ने विषयलाई प्राथमिकतामा राखेका छन् । साना, मझौला तथा ठूला व्यवसायीका समस्या पहिचान गरी समाधानका लागि संस्थागत पहल गर्ने र सबै व्यवसायीलाई समेटेर अघि बढ्ने उनको प्रतिबद्धता छ ।

भट्टराईको व्यावसायिक यात्रा २०५३ सालदेखि औषधी व्यापारमा आबद्ध भई सनराइज मेडिसिन सप्लायर्स सञ्चालन गरेसँगै सुरु भएको हो । उनी विगत १३ वर्षदेखि ग्रेस फार्मास्युटिकल्स प्रालिको सञ्चालकका रूपमा औषधी उद्योगमा सक्रिय छन् । आयुर्वेदिक तथा एलोपेथिक औषधिका दुई उद्योगमार्फत उनले करिब २५० जनालाई रोजगारी प्रदान गरेका छन् ।
उनी क्रिमसन अस्पतालका संस्थापक, क्रिमसन कलेजका सञ्चालक, औषधी व्यवसायी संघ रूपन्देही जिल्ला शाखाका संस्थापक अध्यक्ष तथा जनकल्याण बचत तथा ऋण सहकारी संस्थाका अध्यक्षसमेत छन् । लायन्स क्लब अफ सिद्धबाबा, रोटरी क्लबलगायत विभिन्न सामाजिक संघसंस्थामार्फत पनि उनले योगदान पु¥याउँदै आएका छन् ।

व्यावसायिक अनुभव, संस्थागत नेतृत्व क्षमता र सामाजिक सेवाको अनुभवलाई संघको हितमा उपयोग गर्ने लक्ष्यसहित उम्मेदवारी दिएका भट्टराईले व्यवसायीको साझा आवाजलाई प्रभावकारी बनाउँदै निजी क्षेत्रको सम्मान, सुरक्षा र समृद्धिका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?