© 2026
लमही ।
लमही नगरपालिका वडा नम्बर १ मा आज भएको सडक दुर्घटनामा पाँच जना घाइते भएका छन् । दुर्घटनामा गढवा गाउँपालिका–२ कोठरी निवासी २२ वर्षीय विकल्प चौधरी, २७ वर्षीय अमिर चौधरी र उनका सात वर्षीय छोरा अमोस चौधरी घाइते भएका छन् ।
त्यस्तै पाल्पाको तिनाउ गाउँपालिका–३ निवासी ३२ वर्षीय विष्णु थापा मगर र जाजरकोटको कुसे गाउँपालिका–२ निवासी ४६ वर्षीय ट्रक चालक जनक सिंह पनि घाइते भएका छन्। चितवनको माडी नगरपालिका (१ बस्ने वर्ष २५ का मनिष थापा मगर पनि घाइते भएका छन ।
पश्चिम बाट पूर्व तर्फ गइरहेका रा ८ २२९०, बा। ००६( प ९१८७ नम्बरका मोटरसाइकलहरु र पूर्व तर्फै गइरहेको क १ ख ५ नम्बरको ट्रकमा ठोक्किएका थिए ।
पूर्वतर्फ जाँदै गरेको ट्रकले एक्कासि ब्रेक लगाएपछि पछाडिबाट पूर्वतर्फ गइरहेका मोटरसाइकलहरू ट्रकमा ठोक्किएका थिए । घाइते सबैको लमही अस्पतालमा प्राथमिक उपचार गरिएको छ । उनीहरूलाई थप उपचारका लागि गरिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।