© 2026
कपिलवस्तु ।
विश्व दृष्टि दिवसको अवसर पारेर तौलिहवा आँखा अस्पतालमा मोतिया बिन्दुको अप्रेसन गराएका ३९ जना बिरामीलाई फलफूल वितरण गरिएको छ ।
नेपाल नेत्र ज्योति सङ्घ तौलिहवा आँखा अस्पतालको आयोजनामा मायादेवी गाउँपालिका वडा नम्बर ५ बलुहवामा निःशुल्क आँखा शिविरमा फेला परेका ३९ बिरामीलाई मोतिया बिन्दुको अप्रेसन पश्चात् फलफूल वितरण गरिएको हो । यस अघि असोज १८ गते युवा समाजसेवी त्रिपुरारी चौहानको आयोजनामा मायादेवी ५ बलुहवामा निःशुल्क आँखा जाँच शिविर आयोजना भएको थियो । सोही शिविरमा फेला परेका मोतिया बिन्दुका बिरामीलाई अप्रेसन पछि दिवसको अवसर पारेर फलफूल वितरण गरिएको हो ।
आँखा अस्पतालका अध्यक्ष मनोज कुमार श्रीवास्तव, पुर्व अध्यक्ष रमेश शर्मा, कोषाध्यक्ष वीरेन्द्र वर्मा, सदस्यहरू कृष्ण कुमार केसी, मिथुला शर्मा, युवा समाजसेवी त्रिपुरारी चौहान र अस्पतालका कर्मचारीहरूले बिरामीलाई फलफूल वितरण गरेका थिए ।
विश्व दृष्टि दिवसको अवसर पारेर रुईत फाउन्डेसनको सहयोगमा निःशुल्क आँखा अप्रेसन गराएका बिरामीलाई अस्पतालमा फलफूल वितरण गरिएको आँखा अस्पतालका अध्यक्ष मनोज कुमार श्री वास्तवले जानकारी दिए ।