Butwal Today

शिक्षा नियमावलीः शिक्षकलाई गाडी किन्न सहुलियत

२३ आश्विन २०८३, शुक्रबार
अ
अ+
अ-

काठमाडौँ ।

शिक्षकलाई सवारीसाधन खरिदमा ब्याज सहुलियत दिने व्यवस्थासहितको शिक्षा (एघारौँ संशोधन) नियमावली, २०८३ सहमतिका लागि शिक्षा मन्त्रालयले अर्थ मन्त्रालयमा पठाएको छ ।

प्रस्तावित व्यवस्थाअनुसार माध्यमिक तह प्रथम श्रेणीका शिक्षकले रु ५० लाखसम्म र द्वितीय श्रेणीका शिक्षकले रु ४० लाखसम्मको सवारीसाधन खरिद गर्न सक्नेछन् ।

यसैगरी, माध्यमिक तृतीय श्रेणी, निम्नमाध्यमिक र प्राथमिक तहका सबै श्रेणीका शिक्षकले रु चार लाखसम्मको दुईपाङ्गे्र सवारीसाधन खरिद गर्नसक्ने व्यवस्था प्रस्ताव गरिएको छ ।

शिक्षा तथा खेलकुद मन्त्रालयका अनुसार सवारीसाधन खरिदका लागि बैंकमार्फत हुने वित्तीय व्यवस्थामा लागत रकमको ८० प्रतिशतसम्मको किस्ताको ब्याजसरकारले सहुलियतस्वरूप व्यहोर्ने व्यवस्था नियमावलीमा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?