Butwal Today

कांग्रेस महाधिवेशनमा साढे २ बजेसम्म ३ हजार ७५४ मत खस्यो

२३ आश्विन २०८३, शुक्रबार
अ
अ+
अ-

काठमान्डौँ ।

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भइरहेको मतदानमा दिउँसो साढे २ बजेसम्म ३ हजार ७५४ मत खसेको छ ।

निर्वाचन समितिका अनुसार विभिन्न प्रदेश तथा समूहका लागि तोकिएका मतदान केन्द्रमा मतदान जारी छ । कुल ७ हजार ३१७ महाधिवेशन प्रतिनिधिमध्ये अहिलेसम्म ३ हजार ७५४ जनाले मतदान गरेका छन् ।

विवरणअनुसार कोशी प्रदेशमा १ हजार २०७ प्रतिनिधिमध्ये ६१३ जनाले मतदान गरेका छन् । त्यसैगरी, मधेस प्रदेशमा १ हजार २३४ प्रतिनिधिमध्ये ५९० जनाले मतदान गरेका छन् ।

यस्तै, सुदूरपश्चिम, कर्णाली तथा जनसम्पर्क समितितर्फका कुल २ हजार ४५७ प्रतिनिधिमध्ये ७३३ जनाले मतदान गरेको निर्वाचन समितिले जनाएको छ ।

नयाँ नेतृत्व चयनका लागि भइरहेको मतदान प्रक्रिया जारी रहेकाले मत खस्ने क्रम अझै जारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?