© 2026
काठमान्डौँ ।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसमक्ष वरिष्ठ नेताको शपथ लिएकी छन् । उनले आज बसेको एमाले स्थायी कमिटी बैठकमा शपथ लिएकी हुन् ।
एमालेको केन्द्रीय कमिटी बैठकले उनलाई हालै वरिष्ठ नेतामा मनोनीत गरेको थियो । यससँगै उनी पहिलोपटक वरिष्ठ नेताको हैसियतमा एमालेको बैठकमा सहभागी भएकी हुन् ।
यसअघि ८ असोजमा बसेको एमाले सचिवालय बैठकले भण्डारीलाई वरिष्ठ नेता मनोनीत गर्ने निर्णय गरेको थियो। राष्ट्रपति बन्नुअघि उनी एमालेकी उपाध्यक्ष थिइन् ।