Butwal Today

दार्चुलाको मार्मामा एनसेलको नयाँ टावरसहित फोरजी सेवा सञ्चालनमा

२२ आश्विन २०८३, बिहीबार
अ
अ+
अ-

काठमान्डौ ।

एनसेलले सुदूरपश्चिम प्रदेश, दार्चुला जिल्लाको मार्मा गाउँपालिकामा नयाँ मोबाइल टावर जडान गरी फोरजीलगायतका दूरसञ्चार सेवाहरु प्रदान गर्न थालेको छ । यो टावरको सञ्चालन पश्चात मार्माको लट्टिनाथ क्षेत्रका स्थानीय बासिन्दाहरुले दूरसञ्चार सेवाको पहुँचबाट प्रत्यक्ष लाभ लिन थालेका छन् ।

स्थानियहरुको सञ्चार सेवाको आवश्यकतालाई मध्यनजर गर्दे एनसेलले यो टावर जडान गरेको हो । स्थानीय बासिन्दा मात्र होइन, अपि हिमाल आरोहण तथा उक्त क्षेत्रमा पदयात्रा र अन्य पर्यटकीय गतिविधिमा संलग्न हुने पर्यटकहरूका लागि पनि यसले सञ्चार सेवा थप भरपर्दो बनाउने कम्पनीले जनाएको छ ।

“यो टावरको जडान र सञ्चालनसँगै हामीले फोरजी सेवाको पहुँच अझै बढाउँदै यसको फाइदा त्यहाँका स्थानियका साथै पर्यटकहरुलाई दिन सफल भएका छौं । यो हामी आम उपभोक्तालाई सुगमदेखि दुर्गमसम्म सेवा प्रदान गर्न सधैं कटिवद्ध रहेको एक स्पष्ट प्रमाण हो,” एनसेलकी हेड अफ नेटवर्क लेना केसरी कंसाकारले भनिन् ।

हाल एनसेलले देशभर ४ हजार ५०० भन्दा बढि टावरमार्फत टुजी, थ्रीजी र फोरजी सेवा उपलब्ध गराउँदै आएको छ । कम्पनीले गुणस्तरीय फोरजी सेवा विस्तारलाई प्राथमिकता दिइरहेको अवस्थामा मार्मामा जडान गरिएको यो नयाँ टावरले टुजी र फोरजी प्रविधिमा आधारित दूरसञ्चार सेवा प्रदान गर्नेछ ।

यसबाट दुर्गम हिमाली क्षेत्रका बासिन्दाको सञ्चार पहुँचमा सुधार आउने र पर्यटन प्रवद्र्धनमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?