Butwal Today

चट्याङ पर्दा तीन भेडाबाख्रा मरे, ८० हजारको क्षती

२१ आश्विन २०८३, बुधबार
अ
अ+
अ-
सल्यान । 
सल्यानमा घरको बार्दलीमुनि बाँधेर राखिएका तीन चौपाया सहित करिब ८० हजार रुपैयाँ बराबरको धनमालमा चट्याङले क्षति पुर्‍याएको छ । चट्याङ लागेर दुई बाख्रा र एक भेडा मरेका छन् भने सोलार प्यानल, कन्ट्रोल बक्स र मोबाइलमा समेत क्षति पुगेको हो ।
बुधबार बिहान करिब साढे ९ बजे कुमाख गाउँपालिका वडा नम्बर २ बारुलेका टेकबहादुर बुढाको घरमा चट्याङ परेको हो । हल्का वर्षा भइरहेका बेला घरको बार्दलीमुनि बाँधेर राखिएका दुई बाख्रा र एउटा भेडालाई चट्याङ लागेर मरेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक देवराज भट्टराईले जानकारी दिए ।
प्रहरीका अनुसार चट्याङबाट करिब ४० र ३५ किलो तौलका दुई बाख्रा तथा करिब ३० किलोको एउटा भेडा मरेका छन् । ५० वाटको सोलार प्यानल, त्यसको कन्ट्रोल बक्स र भिभो कम्पनीको एन्ड्रोइड मोबाइलमा समेत क्षति पुगेको प्रहरीले जनाएको छ । घटनामा मानवीय क्षति भने भएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?