© 2026
चन्द्रौटा ।
कपिलवस्तुको बुद्धभुमि नगरपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टीको टोल समिति गठन गरिएको छ । वडा नम्बर–९ मा रामबली थारुको नेतृत्वमा १५ सदस्यीय बरकुलपुर टोल समिति गठन गरिएको हो । जसको उपसभापतिमा मीना कुमारी थारु, सचिवमा लक्ष्मी थारु रहेको जनाइएको छ ।
यस्तै जीवलाल खनालको संयोजकत्वमा ७ सदस्यीय समिति समेत गठन गरिएको रास्वपाले जनाएको छ । यसैबिच रास्वपाका बुद्धभूमि नगर सचिव पवनकुमार थारुले गाउँ–टोलको विकासका लागि स्थानीयस्तरबाटै नेतृत्व र सक्रियता आवश्यक रहेको बताए । टोलस्तरमा सङ्गठन विस्तारसँगै नागरिकका समस्या पहिचान गरी समाधानका लागि पहल गरिने उनले बताए ।
स्थानीय नागरिकसँग प्रत्यक्ष संवाद र सहकार्यलाई प्राथमिकता दिइने उनको भनाइ छ । गाउँ–टोलका आवश्यकता पहिचान गरी विकास निर्माणलगायतका कार्यमा स्थानीयको सहभागिता बढाउने उनले बताए । स्थानीयको समस्यालाई मध्यनजर गर्दै समिति गठनमा जोडिइएको समेत थारुको जिकिर छ ।