Butwal Today

कांग्रेस १५औँ महाधिवेशनः उपसभापतिका उम्मेदवार चालिसेद्वारा उम्मेदवारी फिर्ता

२१ आश्विन २०८३, बुधबार
अ
अ+
अ-
काठमाडौँ ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गतको निर्वाचनका लागि उपसभापति पदमा उम्मेदवारी दिनुभएका देवराज चालिसेले उम्मेदवारी फिर्ता लिएका छन् ।
चालिसेले आज उम्मेदवारी फिर्ता लिनुभएको पार्टीको निर्वाचन समितिका सदस्य–सचिव राजु कटुवालले जानकारी दिए । यसअघि मङ्गलबार उनले निर्धारित समयमा उपसभापति पदमा उम्मेदवारी दर्ता गराएका थिए । चालिसे हाल कांग्रेसका प्रवक्ता समेत हुन् ।
कांग्रेसको १५औँ महाधिवेशनअन्तरगत नयाँ नेतृत्वका लागि बिहीबार  मतदान हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?