© 2026
बुटवल । रूपन्देहीको तिलोत्तमा नगरपालिकामा रहेको कालिका कृषि सहकारी संस्था लिमिटेडको चौथो अधिवेशनबाट अध्यक्षमा प्रकाश गौतम पुन निर्वाचित भएका छन् ।
अधिवेशनमा उपाध्यक्ष पदमा भएको निर्वाचनमा श्यामु पाण्डेय, सचिवमा गंगा पौडेल, कोषाध्यक्षमा यमकला भण्डारी उप्रेती चयन भएका छन् । त्यसैगरी सदस्यहरूमा विष्णु सुनार, चनमाय थापा र गंगाराम थारु निर्वाचित भएका छन् । त्यसैगरी, लेखा समितिको संयोजकमा बिनु भण्डारी तथा सदस्यहरूमा शोभा अर्याल र अर्जुनप्रसाद शर्मा चयन भएको निर्वाचन समितिका संयोजक दीपक उप्रेतीले जानकारी दिए ।
अधिवेशनमा नवनिर्वाचित अध्यक्ष प्रकाश गौतम, निर्वाचन समितिका संयोजक दीपक उप्रेती तथा निर्वाचन समितिका सदस्य लक्ष्मी विश्वकर्मा र गोविन्द भुसालले सहकारीको संस्थागत विकास, पारदर्शिता र सदस्यको हितलाई प्राथमिकतामा राखेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।