© 2026
बुटवल । जीवनलाई भारका रूपमा भन्दा पनि उपहारका रूपमा ग्रहण गर्नुपर्ने एक कार्यक्रमका सहभागीले जोड दिएका छन् ।
लेखक अग्निधर चन्द बोहोराद्वारा सृजित “जीवन भार की उपहार” आत्मजीवनिपरक निवन्ध संग्रहको बुटवलमा विमोचन गर्दै लेखक तथा विश्लेषक प्राडा गितु गिरिले पुस्तक यथार्तवादी धारमा रहेको छ ।
जीवनका आरोह–अवरोह पुस्तकमा उल्लेखित छन् । जसले गर्दा जिवनलाई भार भन्दा उपहारको रूपमा उपयोग गर्नुपर्छ भन्नेमा जोड दिइएको छ । प्रगतिशील लेखक संघ नेपाल रूपन्देहीको आयोजना तथा साहित्य परिषद प्युठान र प्रगतिशिल लेखक संघ प्युठानको सहआयोजनामा सम्पन्न कार्यक्रममा पुस्तकका समिक्षकहरू डिआर बन्जाडे, रामबहादुर बुढा, ऋषि आजद, प्राध्यापक ऋषिराम भुसालले समिक्षा गरेका थिए ।
गुल्मीको अग्लुङफेदिमा रहेर जिवन यापन गरिरहेका चन्द साहित्यिक रूपमा “तिक्तोपेक्षित“ परिचित छन् ग्रामिण क्षेत्रमा रहेर पनि साहित्य सृजनामा लागिरहने लुखक चन्दको जीवन भार कि उपहार निवन्ध संग्रहमा ३५ वटा निवन्धहरू समेटिएका छन् । लेखक चन्दले यस अघि भिरपाखाका सुसेलि कथा संग्रह र जनजागृतिको कोसेलि कविता संग्रह प्रकाशित छन् ।
प्रमुख वक्ता प्राध्यापक ऋषिराम भुसालले कृतिकार चन्दको मेहनत र परिश्रमको प्रशंसा गर्दै गाउले जिवनको विषयबस्तु समेटिएको महत्वपूर्ण संग्रह भएको बताए ।